नापी कार्यालय, चितवनका सर्वेक्षक राजेश कर्माचार्य उपर आरोप-पत्र दायर गरिएको ।
प्रेस विज्ञप्ति:- मिति २०७६।०४।२२ गते
------------------------------------------
नापी कार्यालय, चितवनका सर्वेक्षक राजेश कर्माचार्य उपर आरोप-पत्र दायर गरिएको ।
--------------------------------------------------------------------------------------------------
नापी कार्यालय,चितवनका सर्भेक्षक राजेश कर्माचार्यले सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरेबापत रू.२०,०००।–(बीस हजार) घुस रकम माग गरी लिई जिल्ला प्रशासन कार्यालय चितवनको रोहवरमा फिर्ता गरी निज कर्मचारीलाई निलम्बन गरी भ्रष्टाचारको कसुरमा कारवाहीका लागि आयोगमा मिसिल फाइल सहित प्राप्त उजुरी निवेदनको सम्बन्धमा अनुसन्धान हुँदा नापी कार्यालय, चितवनका सर्भेक्षक राजेश कर्माचार्यले सेवाग्राहीबाट जग्गा कित्ताकाट गरेबापत रू.२०,०००।– ( बीस हजार) घुस रिसवत लिएको स-प्रमाण पुष्टि हुन आएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिंदा निज प्रतिवादीलाई विगो रू.२०,०००।– (बीस हजार) कायम गरि सोही भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवानाका साथै सोही दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम कैद सजायको समेत मागदाबी लिईएको छ ।
साथै सेवाग्राहीले राष्ट्रसेवक सर्भेक्षक राकेश कर्माचार्यलाई रू.२०,०००।– (बीस हजार) घुस रिसवत दिन जाँदाका बखत केही सरोकारवाला प्रतिनिधि समेत लिई घुस रिसवत लिने कर्मचारीलाई पक्राउ गर्न मद्दत गरेको साथै यथार्थ कुरा बताई अनुसन्धानमा सहयोग गरेको देखिएको हुँदा निज विष्णुप्रसाद पौडेल उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १ को उपदफा ३ बमोजिमको कसुरमा सजायको मागदाबी लिन न्यायोचित नदेखिंदा हाललाई निज विष्णुप्रसाद पौडेललाई प्रस्तुत मुद्दामा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५५ बमोजिम निजलाई हुने सजायमा पूर्ण छुट दिई आयोगको साक्षीको रूपमा प्रस्तुत गरी आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet