त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत कमल प्रसाद पराजुलीलाई नियन्त्रणमा लिईएको


प्रेस विज्ञप्ति :- मिति २०७६।०४।२२ गते ।
------------------------------------------------
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत कमल प्रसाद पराजुलीलाई नियन्त्रणमा लिईएको ।
-------------------------------------------------------------------------------------------------------------------
वैदेशिक रोजगारको सिलसिलामा श्रम स्विकृति नलिई कतार दुवइ तथा कतार दुबइमा ट्रान्जिट भइ विभिन्न अन्य मुलुकहरूमा जाने व्यक्तिहरूलाई कतार तथा दुवइको भिजिट भिसामा प्रस्थान गर्न आएका व्यक्तिहरुलाई विचौलियाहरू समेतको मिलेमतोमा प्रस्थान अनुमति दिइ त्यसरी प्रस्थान अनुमति दिएको अभिलेख समेत अभिलेखवद्ध नरहने गरी Departure Stamp लगाई दिने जस्ता गैरकानूनी क्रियाकलाप गरी अध्यागमन ऐन कानुनको बर्खिलाप हुने गरी आर्थिक लाभ लिएको भन्ने कसुरमा आयोगमा दर्ता हुन आएको उजुरी उपरको अनुसन्धानको सिलसिलामा अध्यागमन अधिकृत कमल प्रसाद पराजुलीलाई मिति २०७६।४।२१ गते नियन्त्रणमा लिई अनुसन्धान प्रारम्भ गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release