दिब्येश्वरी जग्गा अधिकरण आयोजना, भक्तपुरमा कार्यरत नायव सुब्बा देउमान कडरिया घुस रकम सहित नियन्त्रणमा


प्रेस विज्ञप्ति :- मिति २०७६।०४।२० गते ।
------------------------------------------
दिब्येश्वरी जग्गा अधिकरण आयोजना, भक्तपुरमा कार्यरत नायव सुब्बा देउमान कडरिया घुस रकम सहित नियन्त्रणमा ।
--------------------------------- 
जिल्ला भक्तपुर स्थित दिब्येश्वरी जग्गा अधिकरण आयोजनामा कार्यरत नायव सुब्बा देउमान कडरियाले जग्गाको लालपुर्जा बनाईदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टङ्गालबाट खटिई गएको टोलीले निज नायव सुब्बा देउमान कडरियालाई सेवाग्राहीसँग रू.५०,०००।–(पचास हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा का म पा -३२ पेप्सीकोला स्थित दाजुभाई सेकुवाघरबाट उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release