प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकर प्रसाद सुवेदीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानीनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।



प्रेस विज्ञप्ति:- मिति २०८२।०३।०९ गते।
------------------------------------------
प्रदेश अस्पताल, सुर्खेतमा सामाजिक सेवा एकाई कार्यक्रमतर्फ कम्प्युटर अपरेटर (करार) पदमा कार्यरत कर्मचारी तृप्ती शाहीले स्वास्थ्य बिमा शाखाको नाम दर्ता गर्ने काउण्टरमा खटिई बिमितहरुको नाम दर्ता गर्ने कार्य गर्दै आईरहेकोमा निजले अनाधिकृत रुपमा बिलिङ्ग काउन्टरमा प्रबेश गरी बिलिङ्ग गर्ने गरेको र बिलिङ्गबाट प्राप्त रकम बैंक दाखिला नगरी रकम हिनामिना गरी अनियमितता गरेको भन्‍ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकर प्रसाद सुवेदी, सुन्दर कर्णाली संस्थासँग करार सम्झौता गरी सोही संस्थावाट प्रदेश अस्पताल सुर्खेतमा कामकाज गर्न खटिएका प्रतिवादी तृप्ती शाही र कुमारी बैंकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगरसमेतका प्रतिवादीहरुले आफ्नो जिम्मामा रहेको प्रदेश अस्पताल सुर्खेत/सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना/हानिनोक्सानी तथा दुरुपयोग गर्ने बदनियतले प्रदेश अस्पताल, सुर्खेतमा मिति २०८०।०४।०१ देखि मिति २०८१।०४।३२ सम्मको अवधिमा संकलन भएको राजस्व रकम रु.३४,०३,८५६।५० (चौँतीस लाख तीन हजार आठ सय छपन्न रुपैयाँ पचास पैसा) मध्ये रु.८,३६,३३०/- (आठ लाख छत्तीस हजार तीन सय तीस रुपैयाँ) रकम अस्पतालको खातामा दाखिला गरी गराई बाँकी रू.२५,६७,५२६।५० (पच्चीस लाख सतसठ्ठी हजार पाँच सय छब्बीस रुपैयाँ पचास पैसा) रकम हिनामिना गरे गराएको देखिएकोले (डाईग्राम चित्र-१ मा उल्लेख छ) प्रतिवादीहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा उल्लिखित कसुरजन्य कार्यमा संलग्न देहायका प्रतिवादीहरू उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ। क्रमश..

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपत्र प्रेश बिज्ञप्ति आरोपत्र प्रेश बिज्ञप्ति
  

Other Press Release

कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03