जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०४।१९ गते।
------------------------------------------

जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवले वडा नं. ३ स्थित बिभिन्न योजनाहरुको निर्माण कार्य सम्पन्न पश्चात भुक्तानी सिफारिस गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग मोलमोलाई गरी घुस/रिसवत रु.३,००,०००।- माग गरी उक्त घुस रकम जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नं. ९ स्थित श्री गणेश ट्रेडिङका संचालकका छोरा विपिन कुमार पाण्डेयलाई लिन लगाई निज विपिन कुमार पाण्डेयले लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज वडा अध्यक्ष जनार्दन यादव र संचालक विपिन कुमार पाण्डेयलाई रु.३,००,०००।– (तीन लाख रुपैयाँ) घुस/रिसवत रकमसहित नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको सिलसिलामा जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं.०३ का वडा अध्यक्ष जनार्दन यादवले मर्चवारी गाउँपालिका वडा नं. ३ अन्तर्गत सञ्चालित आ.ब. २०८१/०८२ मा “सिसु सेमरा दक्षिण धोबहिया छठ घाट निर्माण”, “पुर्निकोट गाउँभित्र सडक पी.सी.सी. ढलान” र “सुरहवाँ गाउँभित्र सडक पी.सी.सी. ढलान” कार्य योजनाहरूको काम सम्पन्न भई सिफारिस दिने कार्यमा सेवाग्राहीसँग रू.३,००,०००।–घुस/रिसवत माग गरी गणेश ट्रेडिङका सञ्चालकका छोरा विपिन कुमार पाण्डेमार्फत रिसवत लिन लगाएको तथ्य पुष्टि हुन आएको हुँदा निज जनार्दन यादवलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.३,००,०००।- (तीन लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९  को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र ऐ.ऐ.  दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना हुन मागदाबी लिइएको छ।
साथै जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित रहेको गणेश ट्रेडिङका सञ्चालकका छोरा विपिन कुमार पाण्डेयले वडा अध्यक्ष जनार्दन यादवसँगको मिलेमतो र निजको निर्देशनमा सेवाग्राहीबाट घुस/रिसवत बापत रू.३,००,०००।– रकम बुझेको/लिएको देखिंदा प्रतिवादी विपिन कुमार पाण्डेयले मतियारको रूपमा संलग्न भई भ्रष्टाचारजन्य कसुरमा सहकार्य, सहजीकरण तथा सघाउने कार्य गरेको पुष्टि भएको हुँदा निज विपिन कुमार पाण्डेयले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम कसुर गरेकोले बिगो रु.३,००,०००।- (तीन लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम हुने कैद सजाय र ऐ.ऐ. दफा ३ को उपदफा (१) बमोजिम हुने जरिवानालाई आधार मानी प्रतिवादी विपिन कुमार पाण्डेयलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदार सरह सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपत्र प्रेश बिज्ञप्ति आरोपत्र प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला काठमाडौं, मालपोत कार्यालय, टोखा सरस्वतीका तत्कालीन कार्यालय प्रमुख सुबोध कुमार खनालसमेत २७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको, नोक्सान गरेको, गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/10
श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालय, कैलालीमा कार्यरत बालविकास शिक्षक नन्दा कुमारी शाही उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/10
जिल्ला कृषि विकास कार्यालय, धनुषाका तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झासमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/10
विष्णुपुर गाउँपालिका सिरहाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महतसमेत ८ जना र साना किसान कृषि सहकारी संस्था लिमिटेड उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/09
जिल्ला पर्सा, पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत छैठौं संजय कुमार पाण्डेयसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, सरकारी कागजात सच्याएको तथा गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/09
जिल्ला स्याङ्जा, अर्जुनचौपारी गाउँपालिकामा सहायकस्तर पाँचौ तहमा कार्यरत हिरालाल काफ्ले उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/09
निजामती कर्मचारी अस्पताल, नयाँबानेश्वर काठमाडौंको फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दिपा ढुङ्गानासमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/08
भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/08
जनता माध्यमिक बिद्यालय, वेतहा भवानीपुर, सिरहामा मा.वि. तृतीय श्रेणीमा शिक्षकको रुपमा कार्यरत गुन्जेश्वर मण्डल उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/08