यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०४।२१ गते।
------------------------------------------

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीमा कार्यरत कार्यालय सहयोगी दिपक पौडेलले सवारी चालक अनुमति पत्रको अनलाईन फारम भरी दिने,  लिखित परीक्षामा उत्तीर्ण गराई ट्रायल परीक्षामा समेत पास गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत वापत रकम माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निज कार्यालय सहयोगी दिपक पौडेललाई सेवाग्राहीसँग रु.७,०००।– (सात हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेलले सवारी चालक अनुमति पत्रको अवधि नपुगी अनलाईन फाराम भरी दिने, लिखित परीक्षामा पास गरीदिने र ट्रायलमा समेत सहयोग गर्ने भनी बदनियत राखी सेवाग्राहीबाट रु.७,०००।– घुस/रिसवत माग गरी लिएको पुष्टि भएको हुँदा निज दिपक पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.७,०००।-(सात हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपत्र प्रेश बिज्ञप्ति आरोपत्र प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला सिरहा, कल्याणपुर नगरपालिका वडा नं. ६ बस्ने जसोधा कुमारी उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईसमेत ७ जना र २ वटा प्रा.लि. उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा आरोपपत्र दायर गरिएको।
2025/12/11
बेलडाँडी गाउँपालिका,कन्चनपुरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसमेत ४ जना उपर गलत लिखत तयार गरी गर्न लगाई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/11