जिल्ला अदालत, कपिलबस्तुका तहसीलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डे घुस रकमसहित नियन्त्रणमा।
प्रेस विज्ञप्ति:- मिति २०८१।०७।२७ गते।
----------------------------------------------------
जिल्ला अदालत, कपिलबस्तुका तहसीलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेले बेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज तहसीलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई सेवाग्राहीबाट रु.२०,०००।-(बीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको रु.९६,८००।– (छयानब्बे हजार आठ सय रुपैयाँ) सहित जिल्ला कपिलबस्तु, कपिलबस्तु नगरपालिका वडा नं. १ स्थित गौढी चोकबाट आज मिति २०८१।०७।२७ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
प्रवक्ता
नरहरि घिमिरे
Download Download
Other Press Release
प्रहरी चौकी, हाटी बनगाई दुर्गौलियामा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खड्का घुस रकमसहित नियन्त्रणमा।
2025/03/27 |