जिल्ला सिरहा, कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार साह रु.१,००,०००।- घुस रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८२।०३।३२ गते ।
----------------------------------------------------

जिल्ला सिरहा, कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार साहले वडा नं. ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी गर्ने क्रमका सेवाग्राहीसँग बिचौलिया मार्फत घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज नगर प्रमुख राम पुकार साहलाई सेवाग्राहीबाट रु.१,००,०००।–(एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित कल्याणपुर नगरपालिका, सिरहाबाट आज मिति २०८२।०३।३२ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

नियन्त्रण नियन्त्रण