भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्यसमेत ३ जना रु.२४,५०,०००।- घुस रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८२।०३।३१ गते ।
----------------------------------------------------

जिल्ला भक्तपुर, चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ घुस/रिसवत रु. २४,५०,०००।– माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्यको साथबाट मोवाइल डिभाइस २ थान र भूमिसुधार शाखाका नायब सुब्बा दिपक प्रसाद अधिकारीको साथबाट मोबाइल थान-१ तथा कार्यालय सहयोगी टिकाराम राउतको साथबाट मोवाइल थान-१ सहित घुस/रिसवत रकम रु. २४,५०,०००।– (चौबीस लाख पचास हजार रुपैयाँ) समेत भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरको परिसरबाट आज मिति २०८२।०३।३१ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

नियन्त्रण नियन्त्रण
  

Other Press Release