पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा सिनियर ल्याव टेक्निसियन सातौं (हाल-ल्याब अधिकृत आठौं) तहमा कार्यरत दिपेन्द्र यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०६।०२ गते।
------------------------------------------

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा सिनियर ल्याव टेक्निसियन सातौं (हाल-ल्याब अधिकृत आठौं) तहमा कार्यरत दिपेन्द्र यादवले बढुवा प्रयोजनका लागि पेश गरेको Bachelor of Medical Laboratory Technology B.M.L.T.(LE) तहको शैक्षिक योग्यताका प्रमाणपत्र छानविन हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज दिपेन्द्र यादवले सरकारी पद (ल्याब अधिकृत, तह- ८क) मा नियुक्ति हुनका लागि मगध विश्वविद्यालय, बोधगयाबाट जारी भएको B.M.L.T.(LE) सँग सम्बन्धित लब्धाङ्क पत्र, प्रोभिजनल प्रमाणपत्र तथा भारतकै IIHER,Beur Patna Bihar, India(Magadh University) बाट उत्तीर्ण भई प्राप्त गरेको भनिएका सबै शैक्षिक योग्यताका प्रमाणपत्रहरु झुट्टा भएकोले उक्त झुट्टा प्रमाणपत्र पेश गरी ल्याब अधिकृत (तह-८क) को पद हासिल गरेको देखिँदा निजले शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेश गरी ल्याब अधिकृतको हैसियतमा व्यक्तिगत लाभ लिई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजलाई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/14
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09