प्रहरी चौकी भुजुवा नवलपरासी (ब.सु.पश्चिम) दरबन्दी भई अस्थायी प्रहरी बिट भैरहवा बसपार्क रुपन्देहीमा कार्यरत प्रहरी हबल्दार डुक बहादुर खड्का घुस रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८१।०४।३१ गते।
----------------------------------------------------

प्रहरी चौकी भुजुवा, नवलपरासी (ब.सु.पश्चिम) दरबन्दी भई अस्थायी प्रहरी बिट भैरहवा बसपार्क, रुपन्देहीमा कार्यरत प्रहरी हबल्दार डुक बहादुर खड्काले भारतबाट रुपन्देही जिल्लाको भगवानपुर नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज डुक बहादुर खड्कालाई सेवाग्राहीबाट रु.१५,०००।–(पन्ध्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला रुपन्देही, रोहिणी गाउँपालिका वडा नं. ३ स्थित सिमरहा चौक नजिकबाट आज मिति २०८१।०४।३१ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रवक्ता
नरहरि घिमिरे

 

Download Download