ने.रा. कन्या प्रा.वि., भेडिहरवा, पर्साका तत्कालीन शिक्षक उर्मिला देवी उपर शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०५।३१ गते ।
-----------------------------------------------------
ने.रा. कन्या प्रा.वि., भेडिहरवा, पर्साका शिक्षक उर्मिला देवीको म्याट्रिक सर्टिफिकेट तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको र सोही प्रमाणपत्रका आधारमा शिक्षक पदमा करार नियुक्ति भई सरकारी लाभ लिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उर्मिला देवीले ने.रा. कन्या प्रा.वि. भेडिहरवा, पर्सामा शिक्षक पदमा नियुक्ति लिनको लागि भारत बिहार विद्यालय परीक्षा समिति, पटनाबाट जारी भएको भनी झुट्टा विवरणको HS नक्कली लव्धांक पत्र तथा प्रव्रजन प्रमाणपत्र र तत्कालीन जिल्ला शिक्षा कार्यालय, पर्साबाट जारी भएको भनी झुट्टा अस्थायी अध्यापन अनुमति पत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिई मिति  २०६६।११।०२ गतेदेखि २०६७।०३।२५ गतेसम्स उक्त विद्यालयमा हाजिर गरी अध्यापनसमेत गराएको पुष्टि हुन आएकोले तत्कालीन शिक्षक निज उर्मिला देवीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निजउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन समेतको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download Download
  

Other Press Release

जिल्ला सिरहा, कल्याणपुर नगरपालिका वडा नं. ६ बस्ने जसोधा कुमारी उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईसमेत ७ जना र २ वटा प्रा.लि. उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा आरोपपत्र दायर गरिएको।
2025/12/11
बेलडाँडी गाउँपालिका,कन्चनपुरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसमेत ४ जना उपर गलत लिखत तयार गरी गर्न लगाई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/11