अनलाईन
उजुरी

दोलखा र रामेछापमा भ्रष्‍टाचार नियन्त्रण र सुशासन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्‍न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाको आयोजनामा दोलखा र रामेछाप जिल्लामा क्रमश: मिति २०७६।०६।०६ र मिति २०७६।०६।०७ गते भ्रष्‍टाचार नियन्त्रण तथा सुशासन विषयक १(एक) दिने अन्तरक्रिया कार्यक्रम सम्पन्‍न भएको छ । आयोगका माननीय आयुक्त डा. गणेशराज जोशीज्यूको अध्यक्षता सञ्‍चालित उक्त कार्यक्रम जिल्ला समन्वय समिति दोलखाको सभाहल तथा जिल्ला प्रशासन कार्यालय रामेछापको सभाहलमा सञ्‍चालन भएको थियो । स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरुलाई लक्षित गरी सञ्‍चालन गरिएको उक्त कार्यक्रममा आयोगका माननीय आयुक्त डा. गणेशराज जोशीज्यू सहित, प्रमुख अतिथि जिल्ला समन्वय समिति दोलखाकी उपप्रमुख मनमाया जिरेल र प्रमुख अतिथि मन्थली नगरपालिका, रामेछापका प्रमुख रमेशकुमार बस्‍नेत, आयोगका सहसचिव काली प्रसाद पराजुली, आयोगको कार्यालय हेटौंडाकी प्रमुख हुमकला पाण्डे, प्रमुख जिल्ला अधिकारीहरु, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुखहरु, जिल्लाका सम्पूर्ण स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु सहित अन्य कर्मचारीहरु, जिल्ला स्थित विभिन्‍न कार्यालयका लेखा शाखा तथा योजना शाखाका प्रमुखहरु. जिल्ला सदरमुकामस्थित क्याम्पसका प्रमुख तथा व्यवस्थापन समितिका अध्यक्षहरु, जिल्लामा क्रियाशील सामाजिक अभियन्ता एवम् संचारकर्मी लगायत अन्य सरोकारवालाहरु समेत गरी दोलखा र रामेछापमा क्रमश: ११८(एक सय अठार) र १२२(एक सय बाइस) जना सहभागीहरुको उपस्थिति रहेको थियो ।
आयोगको प्रवर्धनात्मक रणनीति अन्तरगत संचालित उक्त कार्यक्रममा आयोगका सहसचिव काली प्रसाद पराजुली र आयोगको कार्यालय हेटौंडाकी प्रमुख हुमकला पाण्डेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । दुवै कार्यपत्रहरुले सुशासनको पक्षमा एवम् भ्रष्‍टाचारको विरुद्धमा सवै सरोकारवालाहरुको सक्रिय तथा इमान्दार प्रतिवद्धता नै देशमा सुशासन स्थापनाको लागि आवश्यक रहेको कुरामा जोड दिएको थियो । कार्यपत्र प्रस्तुती पश्‍चात भएको छलफल कार्यक्रममा सहभागीहरुले सक्रियताका साथ भ्रष्‍टाचारका गतिविधिहरु र आयोगको काम कारवाहीको बारेमा जिज्ञासा राख्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारीहरुले मन्तव्य राख्दै भ्रष्‍टाचार विरुद्धको अभियानमा ऐक्यबद्धता जनाउनुभएको थियो । अन्तमा कार्यक्रमका अध्यक्ष तथा आयोगका माननीय आयुक्त डा. गणेशराज जोशीज्यूले मन्तव्यको क्रममा आयोगको कार्यक्षेत्र भित्रका अनियमितता र भ्रष्टाचारजन्य गतिविधिमा संलग्न आयोगभित्र वा बाहिर जहाँसुकै तथा जुनसुकै ओहोदामा रहेका पदाधिकारी तथा कर्मचारीलाई कानुनी कारवाहीमा ल्याउने कुरामा आयोग कटिवद्ध रहेको कुरा बताउनुभयो । मन्तव्यकै क्रममा उहाँले प्रवर्धनात्मक, निरोधात्मक र दण्डात्मक गरी तीन खम्बे रणनीतिमा जोड दिँदै त्यसको कार्यान्वयनमा आयोग लागेको बताउँदै अख्तियारले भ्रष्‍टाचारलाई सानो ठूलो भन्दापनि त्यसले पार्ने असर र प्रभावलाई हेरेर कसैलाई उन्मुक्ति नदिने गरी कार्य गरिरहेको बताउनुभयो ।

 


  

अरु कार्यक्रम हरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2080/08/23
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2079/11/23
अन्तर्किया कार्यक्रम सम्पन्न
2079/10/16
अन्तर्किया कार्यक्रम सम्पन्न
2079/10/06
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2079/09/26
अन्तर्किया कार्यक्रम सम्पन्न
2079/09/21
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2079/08/23
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2079/07/17
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2079/06/06
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2079/05/31