अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

कोशी प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीको संयुक्त आयोजनामा मिति २०८०/०८/२३ गते कोशी प्रदेश सरकारका प्रमुख सचिव डा. दिपक काफ्लेको अध्यक्षतामा र कोशी प्रदेशका माननीय मुख्यमन्त्री श्री केदार कार्कीको प्रमुख आतिथ्यमा “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी कार्यक्रम विराटनगर महानगरपालिकाको सभाहलमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथिले जनताको काम गर्ने कुरामा डर नमानी प्रचलित ऐन कानुनको परिधिभित्र रहि काम गर्न र सार्वजनिक सेवामा रहेका पदाधिकारीहरुले लाभ र प्रभावमा नपरी काम गर्नुपर्ने बताउनु भएको थियो। उक्त कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्दै आयोगको कार्यालय, इटहरीका कार्यालय प्रमुख सुरेश न्यौपानेले कार्यालयको तर्फबाट कार्यक्रमको उपादेयता, औचित्यता तथा नेपालमा भ्रष्टाचारको अवस्था, भ्रष्टाचारसम्बन्धी उजुरीका क्षेत्रगत प्रवृत्ति, भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन गर्नका लागि आयोगले अवलम्बन गरेका रणनीति र सो कार्यान्वयनको अवस्था र आयोगको आगामी कार्यदिशा बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री, विराटनगर महानगरपालिकाका नगरप्रमुख, नगरपालिकाका प्रमुखहरु, गाउँपालिकाका अध्यक्षहरु, प्रदेश स्थित विभिन्न मन्त्रालयका सचिवहरु, मोरङ्ग तथा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु उपस्थित हुनुभएको थियो।

मधेश प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासको संयुक्त आयोजनामा मिति २०८०/०८/२३ गते मधेश प्रदेश सरकारका प्रमुख सचिव श्री दिनेश कुमार घिमिरेको प्रमुख आतिथ्यमा “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी कार्यक्रम सम्पन्न भएको थियो।उक्त कार्यक्रममा भ्रष्टाचार नियन्त्रणसम्बन्धी अभ्यास र भ्रष्टाचार नियन्त्रणमा सरोकारवालाहरुको भूमिकाका बारेमा वृहत छलफल भएको थियो। सुरक्षा निकायका प्रमुखहरु, गैर सरकारी संस्थाका प्रतिनिधिहरु, नागरिक समाज, सञ्चारकर्मी र कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

बागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाको संयुक्त आयोजनामा मिति २०८०/०८/२३ गते बागमती प्रदेश सरकार प्रमुख सचिव श्री घनश्याम उपाध्यायको अध्यक्षता तथा प्रदेश सरकारका मुख्यमन्त्री श्री शालिकराम जम्मरकट्टेलको प्रमुख आतिथ्यमा “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस”(डिसेम्बर ९) सम्बन्धी कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सभाहलमा सम्पन्न भएको थियो।उक्त कार्यक्रममा प्रमुख अतिथिले राजनीतिक नेतृत्व हिजोको संस्कारबाट मुक्त भएमात्रै त्यो देखेर जनता, कर्मचारीतन्त्र, सुरक्षा निकायमा भ्रष्टाचार कम हुने बताउनु भएको थियो। आयोगको कार्यालय, हेटौंडाका प्रमुख नरहरि घिमिरेले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्य तथा औचित्यता माथि प्रष्ट पार्दै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले उक्त कार्यपत्रमा भ्रष्टाचारको परिभाषा, भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको पृष्टभूमि, भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि र यसका प्रावधानहरु, दक्षिण एसियाली मुलुकहरु बिचको भ्रष्टाचार अनुभूति सूचकाङ्क अवस्था, आयोगको संस्थागत रणनीति, अनुसन्धानको प्रक्रिया, उजुरी र आरोपपत्र दायरको विवरण प्रस्तुत गर्नु भएको भयो। कार्यक्रममा बागमती प्रदेश सरकारका सचिवहरु, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता, प्रदेशस्थित निर्देशनालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, सञ्चारकर्मीहरु, नागरिक समाजका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।

गण्डकी प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराको संयुक्त आयोजनामा मिति २०८०/०८/२३ गते प्रदेश प्रमुख सचिव श्री लक्ष्मी कुमारी बस्नेतको अध्यक्षता तथा आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री श्री जित बहादुर आले मगरको  आतिथ्यमा “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९)  सम्बन्धी कार्यक्रम भएको थियो।उक्त कार्यक्रममा प्रमुख अतिथिले यस्तो कार्यक्रम पिडितहरुको माझमा आयोजना गर्दा अझ प्रभावकारी हुने बताउनु भएको थियो। कार्यक्रमको अवसरमा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भ्रष्टाचार सार्वजनिक क्षेत्रमा मात्र होइन सबै क्षेत्रमा रहेको कुरा बताउनु हुँदै सार्वजनिक क्षेत्र Transparent and Corruption Free हुनुपर्नेमा जोड दिनुभयो। सो अवसरमा भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुनी व्यवस्था र नेपालको विद्यमान अवस्था, भ्रष्टाचारको असर र प्रभाव, उजुरीको प्रवृत्ति र सोको विश्लेषण, भ्रष्टाचार न्यूनीकरणका उपायहरु लगायतका विषयमा छलफल भएको थियो।उक्त कार्यक्रममा गण्डकी प्रदेशका सचिव, स्थानीय तहका प्रमुख, नागरिक समाजका प्रतिनिधिहरु, विभिन्न कार्यालयका प्रमुख तथा संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु र कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

लुम्बिनी प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल तथा बुटवलको सम्पर्क कार्यालय, नेपालगञ्जको संयुक्त आयोजनामा मिति २०८०/०८/२३ गते लुम्विनी प्रदेशका प्रमुख सचिव श्री राधिका अर्यालको अध्यक्षतामा तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री श्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यमा “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्वर ९) सम्बन्धी कार्यक्रम सम्पन्न भएको थियो।उक्त कार्यक्रममा प्रमुख अतिथिले पदाधिकारी तथा कर्मचारी पदस्थापनाको बखतनै भ्रष्टाचारविरुद्ध लाग्न अभिमुखीकरण कार्यक्रम आयोजना गर्नु पर्नेमा जोड दिनु भएको थियो। भ्रष्टाचार नियन्त्रणसम्बन्धी नीति, विधि र अभ्यास एवम् भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धिका प्रावधानहरुको बारेमा वृहत छलफल सम्पन्न भएको थियो।उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयका सचिवहरु, प्रादेशिक निकायका प्रमुखहरु, दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु, नागरिक निगरानी संस्थाका पदाधिकारीहरु तथा कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

कर्णाली प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतको संयुक्त आयोजनामा मिति २०८०/०८/२३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री श्री राजकुमार शर्माको प्रमुख आतिथ्यमा “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा प्रमुख अतिथिले कर्णाली प्रदेश सरकार भष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन गर्न लागिपरेको बताउनु भएको थियो। भ्रष्टाचारको मूल जरो नीतिगत तह नै भएको र नीतिगत तहबाट भ्रष्टाचारको ढोका खुल्ने भएकाले यसको नियन्त्रण गर्न सबै एकजुट भएर लाग्नुपर्ने धारणा राख्नु भएको थियो।आयोगको कार्यालय सुर्खेतका प्रमुख श्री माधव प्रसाद पोखरेलले भ्रष्टाचारविरुद्धको अभियान हामी सबैको साझा सरोकारको विषय भएकाले भ्रष्टाचारमा शून्य सहनशीलताका साथ अगाडि बढ्न सबै सरोकारवाला पक्षहरुलाई अनुरोध गर्नुभएको थियो।उक्त कार्यक्रममा सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु, भ्रष्टाचार नियन्त्रणमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

सुदुरपश्चिम प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरको संयुक्त आयोजनामा मिति २०८०/०८/२३ गते सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री श्री कमल बहादुर शाहको प्रमुख आतिथ्यमा “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी  कार्यक्रम सम्पन्न भएको थियो। सुदुरपश्चिम प्रदेशमा सुशासन कायम गर्न तथा भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा प्रदेश सरकारबाट सहयोग हुने प्रतिबद्धता प्रमुख अतिथिले ब्यक्त गर्नुभएको थियो। सुदुरपश्चिम प्रदेशमा भ्रष्टाचार न्यूनीकरणमा भएका प्रयासहरुको प्रस्तुतीकरण आयोगको कार्यालय, कञ्चनपुरका प्रमुख श्री आसमान तामाङले गर्नु भएको थियो। कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सचिवहरु, प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, सञ्चारकर्मीहरु, नागरिक समाजका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16