एकतिसौँ स्थापना दिवस माघ २८ को अवसरमा पुरस्कार घोषणा भएका कर्मचारीहरुलाई पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको आयोजनामा आयोगको सभाहलमा मिति २०७९ वैशाख ७ गतेको दिन आयोगको स्थापना दिवस २८ माघ २०७८ को अवसरमा पुरस्कार घोषणा भएका कर्मचारीहरुलाई पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । समारोहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, आयुक्तहरु, सचिव, आयोगमा कार्यरत कर्मचारी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो। समारोहमा आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले कर्मचारीहरुलाई उत्कृष्ट अख्तियार सेवा पुरस्कार, उत्कृष्ट अख्तियार अनुसन्धान पुरस्कार, अख्तियार अनुसन्धान पुरस्कार, अख्तियार सेवा पुरस्कार प्रदान गर्नुभयो । यसै सन्दर्भमा प्रमुख आयुक्तले आयोगबाट सेवा निवृत हुनुभएका सह सचिव अर्जुन कुमार शर्मालाई आयोगको तर्फवाट मायाको चिनो र प्रसंशा पत्र प्रदान गर्नुभयो । समारोहमा आयोगका सचिव तोयम रायाले पुरस्कारको आधार र मापदण्डबारे बोल्नुहुदै पुरस्कारले कर्मचारीलाई कार्यसम्पादनमा थप उत्प्रेरित वनाउने र आयोगको कार्यसम्पादनमा थप सुधार हुने विश्वास गर्नुहुदै पुरस्कृत कर्मचारीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो । आयोगका सहसचिव राजेन्द्र कुमार के.सी. ले संचालन गर्नुभएको उक्त समारोहमा प्रमुख आयुक्त प्रेम कुमार राईले पुरस्कृत कर्मचारीहरुलाई बधाई तथा शुभकामनाका साथै निर्देशन मन्तब्य दिनुहुदै अनुसन्धान अधिकृतले तालिममा प्राप्त गरेको ज्ञान र सीपलाई अनुसन्धानमा प्रयोग गर्नुपर्ने, अनुसन्धानमा थप मेहनत गर्नुपर्ने, उजुरिको विषय तथा समस्यालाई बुझेर अनुसन्धानलाई गहनताका साथ अघि बढाउनु पर्ने तथा अनुसन्धान अधिकृतहरुलाई थप विशिष्टिकृत तालिम उपलब्ध गराउनुपर्ने कुरा उल्लेख गर्नुहुदै समारोहको समापन गर्नुभयो ।