रोल्पा जिल्लामा एक दिवसीय सामुदायिक शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको सम्पर्क कार्यालय, नेपालगञ्जकाको आयोजनामा मिति २०७८ चैत्र २३ गतेको दिन रोल्पा जिल्लाको श्री बालकल्याण माध्यमिक विद्यालय, लिवाङमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धी सामुदायिक शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको सम्पर्क कार्यालय, नेपालगञ्जका शाखा अधिकृत प्रमोद खनालको अध्यक्षता एबं रोल्पा नगरपालिकाका नगर प्रमुख पुर्ण के.सी. को प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पा, बिद्यालय ब्यबस्थापन समितिका प्रतिनिधिहरु साथै नगरपालिका एबं बिद्यालयका कर्मचारी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।कार्यक्रमका अध्यक्षले भ्रष्टाचारको कारण,प्रभाव र क्षेत्रहरु,भ्रष्टाचारका कसूर र सजाय, आयोगका क्षेत्राधिकार तथा काम, कर्तब्य र अधिकारहरु, कार्यालयले फर्श्यौट गरेका उजुरीहरुको विवरण, भ्रष्टाचार नियन्त्रणमा युवा तथा विद्यार्थीको भूमिका र भ्रष्टाचार सम्वद्ध विभिन्न तस्वीर सहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा नगर प्रमुख पुर्ण के सी, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द, विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलले कार्यक्रमबारे खुसी ब्यक्त गर्दै विद्यार्थीलाई असल आचरणयुक्त बनाउन सकेमा भोलिका दिनमा भ्रस्टाचार कम हुँदै जाने र यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको कुरा ब्यक्त गर्नुभयो।कार्यक्रमका अध्यक्ष शाखा अधिकृत प्रमोद खनालले सहभागीहरुबाट उठाईएका जिज्ञासा तथा सवालहरुको सहजीकरण गरेर कार्यक्रम सम्पन्न भएको थियो ।