जिल्ला नवलपरासी (ब.सु.पू.), त्रिवेणी गाउँपालिका वडा नं. ७ स्थायी वतन भएका ईश्वरी प्रसाद गौतम उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८३।०२।१९ गते।
------------------------------------------

विशेष अदालतमा दर्ता भएको मुद्दा नं. ०८१-CR-०११८ मा वादी नेपाल सरकार प्रतिवादी चन्द्र बहादुर अधिकारीसमेत भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षी ईश्वरी प्रसाद गौतमले आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको बयान कागज तथा आरोप मागदाबीको प्रतिकूल हुने गरी बकपत्र गरेकोले निजउपर अनुसन्धान गर्नुपर्ने भन्नेसमेत बेहोराको प्रतिवेदनका सम्बन्धमा अनुसन्धान हुँदा प्रतिवादी चन्द्र बहादुर अधिकारीसमेत भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतलाई सहयोग गरेको कारण भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिई प्रतिवादी नबनाई सरकारी साक्षीको रूपमा पेस गरिएका जिल्ला नवलपरासी (ब.सु.पू.), त्रिवेणी गाउँपालिका वडा नं. ७ स्थायी वतन भएका ईश्वरी प्रसाद गौतमले विशेष अदालत, काठमाडौंमा मिति २०८३।०१।२३ गते वकपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा गरेको बयान तथा आरोप मागदाबी व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएकोले प्रतिवादी चन्द्र बहादुर अधिकारीले ऋण उपलब्ध गराई दिए वापत घुस/रिसवत रकम रू. ५०,००,०००।- माग गरी लिएको घुस/रिसवत लेनदेन कार्यमा संलग्न भएको देखिएबाट निज ईश्वरी प्रसाद गौतमलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा बिगो रू.५०,००,०००।- (पचास लाख रूपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (२) ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (छ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
सुरेश न्यौपाने

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला महोत्तरी, सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/19
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा खरिदार पदमा कार्यरत राम कुमार बोहरा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/06/18
जय भवानी माध्यमिक विद्यालय, हिलिहाङ, पाँचथरमा बालविकास सहजकर्ता पदमा कार्यरत बिना कुमारी राई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/06/17
१.बडीकेदार गाउँपालिका, डोटीका तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्द, तत्कालीन उपाध्यक्ष इन्द्रा कुमारी बोहरासमेत ८ जना र भागरथी निर्माण सेवा, धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी एवं गलत प्रतिवेदन दिई दिन लगाई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/16
२.बडीकेदार गाउँपालिका, डोटीका तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्द, तत्कालीन उपाध्यक्ष इन्द्रा कुमारी बोहरासमेत ७ जना र भागरथी निर्माण सेवा, धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, गलत प्रतिवेदन तथा सरकारी कागजात नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/16
जिल्ला सुर्खेत, भेरीगंगा नगरपालिकास्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोक बहादुर महतारासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/15