मणिसंगम माध्यमिक बिद्यालय विनयी त्रिवेणी गाउँपालिका-२, नवलपरासी (ब.सु.पूर्व) मा प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा कार्यरत कृष्णबहादुर खन्गाहा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८३।०२।११ गते।
------------------------------------------

जिल्ला नवलपरासी (ब.सु.पू.) विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ बस्ने कृष्णबहादुर खन्गाहाले शिक्षक पदमा जागिर खाने गरी सेवा प्रवेश गर्दा नक्कली प्रमाणपत्र पेश गरी जागिर खाँदै आएकोले निजको प्रमाणपत्र छानविन हुन भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज कृष्णबहादुर खन्गाहाले श्री भवानी माध्यमिक बिद्यालय, नवलपरासीमा मिति २०५९/०८/०१ देखि लागू हुने गरी अस्थायी प्रा.वि. तहको शिक्षकको ओहदा पाउन तथा मिति २०७५/१२/२९ देखि सोही श्री भवानी माध्यमिक बिद्यालयको प्रा.वि. तहको स्थायी शिक्षकमा नियुक्तिका लागि भारतीय बोर्ड Nagaland Board of School Education, Kohima बाट जारी भएका भनिएका Admit Card, Mark-sheet and Migration Certificate लगायतका योग्यता सम्बन्धी झुट्टा विवरण एवं सो सम्बन्धी झुट्टा प्रमाणपत्र पेस गरी नियुक्ति लिई हाल मणिसंगम माध्यमिक बिद्यालय विनयी त्रिवेणी गाउँपालिका-२, नवलपरासी (ब.सु.पूर्व) मा प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा कार्यरत रही ओहोदा, लाभ र सुविधासमेत प्राप्त गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ।

सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला महोत्तरी, सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/19
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा खरिदार पदमा कार्यरत राम कुमार बोहरा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/06/18
जय भवानी माध्यमिक विद्यालय, हिलिहाङ, पाँचथरमा बालविकास सहजकर्ता पदमा कार्यरत बिना कुमारी राई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/06/17
१.बडीकेदार गाउँपालिका, डोटीका तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्द, तत्कालीन उपाध्यक्ष इन्द्रा कुमारी बोहरासमेत ८ जना र भागरथी निर्माण सेवा, धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी एवं गलत प्रतिवेदन दिई दिन लगाई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/16
२.बडीकेदार गाउँपालिका, डोटीका तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्द, तत्कालीन उपाध्यक्ष इन्द्रा कुमारी बोहरासमेत ७ जना र भागरथी निर्माण सेवा, धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, गलत प्रतिवेदन तथा सरकारी कागजात नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/16
जिल्ला सुर्खेत, भेरीगंगा नगरपालिकास्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोक बहादुर महतारासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/15