जिल्ला कैलाली, चुरे गाउँपालिका वडा नं. ६ बस्ने प्रेम सिंह ठगुन्ना र जिल्ला कैलाली, गोदावारी नगरपालिका वडा नं. २ बस्ने किसन सिंह साउद उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०९।२४ गते।
------------------------------------------

विशेष अदातल, काठमाडौंमा दर्ता भएको मुद्दा नं. ०८२-CR-००१० मा वादी नेपाल सरकार प्रतिवादी बरिष्ठ वन अधिकृत पूर्ण शंकर यादव भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीहरु प्रेम सिंह ठगुन्ना र किसन सिंह साउदले अदालत समक्ष वकपत्र गर्दा आयोगमा गरेको बयान भन्दा व्यहोरा तथा तथ्यसमेत फरक हुने गरी प्रतिकूल बकपत्र गरेकोले निजहरु उपर अनुसन्धान हुन भन्नेसमेत व्यहोराको प्राप्त उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा प्रतिवादी पूर्ण शंकर यादवसमेत रहेको विशेष अदालत, काठमाडौंमा दर्ता भएको घुस/रिसवत लिई भष्टाचार गरेको मूल मुद्दा नं.०८२-CR-००१० को मुद्दामा सरकारी साक्षीको रुपमा पेस गरिएका प्रतिवादीहरु जिल्ला कैलाली, चुरे गाउँपालिका वडा नं. ६ बस्ने प्रेम सिंह ठगुन्ना र जिल्ला कैलाली, गोदावारी नगरपालिका वडा नं. २ बस्ने किसन सिंह साउदलाई सरकारी साक्षीको रुपमा पेश गरिएकोमा निजहरुले विशेष अदालत, काठमाडौंमा उपस्थित भई मिति २०८२/०८/२५ गतेका दिन बकपत्र गर्दा अनुसन्धान अधिकृत समक्ष गरेको वयान प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टी हुन आएकोले प्रतिवादीहरु प्रेम सिंह ठगुन्ना र किसन सिंह साउदले बरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवलाई नगद रू.७,३१,०००।- घुस/रिसवत दिएको कार्य कसुर (Actus Reus) पुष्टि भएको हुँदा निजहरुले विशेष अदालत, काठमाडौमा बकपत्र गर्दा प्रतिवादी पूर्ण शंकर यादव र प्रतिवादीहरु प्रेम सिंह ठगुन्ना एवं किसन सिंह साउद बीच गैरकानूनी स्वार्थ तथा लाभ लिने दिने उद्देश्यले पछिबाट सम्बन्ध सम्पर्क भएकै कारण समेतबाट मुद्दाको अनुसन्धानका क्रममा दिएको उजुरी बयान र कसूर तथा सजायमा छुट सुविधा प्राप्ति भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिबन्धात्मक बाक्यांश बमोजिमको उक्त सुविधा तथा छुटको शर्त विपरीत हुने गरी फरक तथा झुट्टा व्यहोरा लेखाई प्रतिकूल बकपत्र गरेको हुँदा प्रतिवादीहरु प्रेम सिंह ठगुन्ना र किसन सिंह साउदको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर भएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगो रु.७,३१,०००।– (सात लाख एकतीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र  सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना हुन साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१क) बमोजिम घुस/रिसवत जफत हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
सुरेश न्यौपाने

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन कार्यालय प्रमुख स्वर्गीय केशव बहादुर कार्की, तत्कालीन खरिदार तेजनाथ पौडेल समेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/03
जिल्ला सुर्खेत, चौकुने गाउँपालिका वडा नं. ०५ स्थित मालिका वन उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर दानीसमेत ५ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/02
मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृतहरु हरिनारायण मिश्र, भूप बहादुर बोगटी, पदम प्रसाद अर्याल, सुरेन्द्र प्रसाद राव कुर्मीसमेत ८ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/01
उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको कम्पनी सचिव पद (सातौँ तह) मा कार्यरत राजेश पोख्रेल उपर झुट्टा तथा नक्कली कार्य अनुभवको प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/03/31