प्रतिवादी कृष्ण प्रसाद सुवेदीसमेत रहेको सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८२।०८।२८ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट-१, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्णप्रसाद सुवेदी समेतका प्रतिवादीहरु उपर बिभिन्न शिर्षकहरुमा जिल्ला शिक्षा कार्यालय कास्कीबाट निकासा भएको रकम आयमा नदेखाई नभए नगरेको कारोबारलाई कारोबार भए गरेको देखाई नभए/नगरेको कामलाई खर्च पुष्ट्याई गर्ने कुनै बिल भरपाई नराखी कुनै ठोस आधार प्रमाण र निर्णय विना खर्च भएको देखाई, सक्कल सही दस्तखत र छाप समेतको अभावमा लेखापरीक्षण प्रतिवेदन विद्युतीय माध्यमबाट तयार गरी, विद्यालयको रकम लिने खाने नियतसमेत राखी विद्यालयले पाउनु पर्ने सार्वजनिक सम्पतिको रुपमा रहेको रकम हानी नोक्सानी पुर्याएकोले रु.३,७७,२३६।७५ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन,2059 को दफा 17 बमोजिमको कसुरमा सोही ऐनको दफा १७ ले निर्दिष्ट गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) (घ) बमोजिम कैद र जरिबाना गरी सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो असुल उपर हुन, साथै बद्नियत राखी गलत लिखतसमेत तयार गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको हुँदा सोही ऐनको दफा ९ बमोजिम कैद र जरिबाना समेत हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८१।०५।१६ को फैसलाबाट सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८२।०८।२८ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ।
सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी
Tweet