प्रतिवादी डोल बहादुर कार्कीसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८२।०८।२८ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जिल्ला इलाम, इलाम नगरपालिका वडा नं.११ स्थित माइमभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोलेन्द्र कार्की भन्ने डोलबहादुर कार्की समेतका प्रतिवादी उपर समूहको निर्णय पुस्तिका तथा चेक बुक लगायतका कागजातहरु आफैले राखी वन उपभोक्ता समूहको नाममा बैंक खातामा रहेको रकम भुक्तानी लिई बार्षिक कार्ययोजना स्वीकृत नगरी खर्च गरी रकम हिनामिना गरेको र वदनियतपूर्वक कटान आदेशभन्दा बढी वन विनास गरी अवैध घाटगद्दी गरेर सरकारी सम्पत्ति हिनामिना गरेको पुष्टि हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा रू. ३९,३४,१०४।- बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना हुन र दफा १७ बमोजिम बिगो असुल उपर हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८२।०३।०४ को फैसलाबाट सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८२।०८।२८ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ।
सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी
Tweet