श्री जय किसान माध्यमिक विद्यालय, रौतहटका प्रधानाध्यापक संजय प्रसादसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०८।०३ गते।
------------------------------------------

श्री जय किसान माध्यमिक विद्यालय धरहरी, रौतहटमा शिक्षक आवश्यकता भनी खुलाएको विज्ञापनमा सेवाग्राहीले रितपूर्वक दरखास्त दिएकोमा उक्त बिद्यालयका प्रधानाध्यापक संजय प्रसादले शिक्षक नियुक्तिका लागि जिल्ला रौतहट, राजदेवी नगरपालिका वडा नं. ७ वतन भएका अरविन्द प्रकाश साह कानुमार्फत सेवाग्राहीसँग घुस/रिसवत रु.४,५०,०००।- माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले सेवाग्राहीबाट घुस/रिसवत वापतको रकम रु.४,५०,०००।– (चार लाख पचास हजार रुपैयाँ) निज अरविन्द प्रकाश साह कानुले लिइसकेको अवस्थामा निजहरु संजय प्रसाद र अरविन्द प्रकाश साह कानुलाई उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा श्री जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय प्रसादले जिल्ला रौतहट, राजदेवी नगरपालिका वडा नं. ७ वतन भएका अरविन्द प्रकाश साह कानुसँगको मिलोमतोमा श्री जय किसान माध्यमिक विद्यालय, रौतहटमा मा.वि. तहको रसायन विज्ञान विषयको करार शिक्षक नियुक्तिको लागि दरखास्त दिएका सेवाग्राहीसँग उक्त रसायन विज्ञान विषयको परीक्षाको प्रश्नपत्र उपलब्ध गराइदिने र करारमा नियुक्ति दिलाई दिने भनी बिभिन्न बहाना बनाई घुस/रिसवत बापत रु.४,५०,०००।–(चार लाख पचास हजार रुपैयाँ) माग गरी लिएको स्थापित भएकोले प्रतिवादी प्रधानाध्यापक संजय प्रसादलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा विगो रु.४,५०,०००।- (चार लाख पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन साथै, अर्का प्रतिवादी अरविन्द प्रकाश साह कानुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसूरमा सोही ऐनको दफा ३ को उपदफा (२) ले निर्देश गरे बमोजिम विगो रु.४,५०,०००।- (चार लाख पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला काठमाडौं, मालपोत कार्यालय, टोखा सरस्वतीका तत्कालीन कार्यालय प्रमुख सुबोध कुमार खनालसमेत २७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको, नोक्सान गरेको, गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/10
श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालय, कैलालीमा कार्यरत बालविकास शिक्षक नन्दा कुमारी शाही उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/10
जिल्ला कृषि विकास कार्यालय, धनुषाका तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झासमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/10
विष्णुपुर गाउँपालिका सिरहाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महतसमेत ८ जना र साना किसान कृषि सहकारी संस्था लिमिटेड उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/09
जिल्ला पर्सा, पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत छैठौं संजय कुमार पाण्डेयसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, सरकारी कागजात सच्याएको तथा गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/09
जिल्ला स्याङ्जा, अर्जुनचौपारी गाउँपालिकामा सहायकस्तर पाँचौ तहमा कार्यरत हिरालाल काफ्ले उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/09
निजामती कर्मचारी अस्पताल, नयाँबानेश्वर काठमाडौंको फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दिपा ढुङ्गानासमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/08
भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/08
जनता माध्यमिक बिद्यालय, वेतहा भवानीपुर, सिरहामा मा.वि. तृतीय श्रेणीमा शिक्षकको रुपमा कार्यरत गुन्जेश्वर मण्डल उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/08