जिल्ला झापा, श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलाउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०७।२६ गते।
------------------------------------------

जिल्ला झापा, दमक नगरपालिका वडा नं ५ स्थित श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलाले भारतबाट फर्जी शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सोही विद्यालयमा प्राथमिक तहमा अध्यापन गराउदै आएकोले निजको सम्पूर्ण शैक्षिक योग्यताका प्रमाणपत्रहरुको अनुसन्धान गरी कारबाही गरी पाउँ भन्ने व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज देवी निरौला वि.सं. २०५५ सालमा श्री दीपिनी आधारभूत विद्यालय, दमक-५ झापाको प्रा.वि.तहको शिक्षकको लागि अस्थायी नियुक्ति भई कार्यरत रहेको अवस्थामा मिति २०७५।१२।२८ गते स्थायी नियुक्ति लिई ऐ. विद्यालयमा प्रा.वि. तह तृतीय श्रेणीको शिक्षकको रुपामा हालसम्म कार्यरत रहेको देखिंदा निजले नियुक्ति लिनका लागि बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट जारी भएको मध्यमा तहको परीक्षा उत्तीर्ण गरेको भनी नक्कली तथा झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिई श्री दीपिनी आधारभूत विद्यालय, दमक-५, झापामा प्रा.वि. तृतीय तहको शिक्षक पदमा कार्यरत रही तलब, भत्ता सहितको ओहोदा, लाभ तथा सरकारी सेवा सुबिधासमेत प्राप्त गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम परिभाषित कसूर गरेको हुँदा निजलाई साबिक भ्रष्टाचार निवरण ऐन, २०१७ को दफा १२ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला काठमाडौं, मालपोत कार्यालय, टोखा सरस्वतीका तत्कालीन कार्यालय प्रमुख सुबोध कुमार खनालसमेत २७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको, नोक्सान गरेको, गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/10
श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालय, कैलालीमा कार्यरत बालविकास शिक्षक नन्दा कुमारी शाही उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/10
जिल्ला कृषि विकास कार्यालय, धनुषाका तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झासमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/10
विष्णुपुर गाउँपालिका सिरहाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महतसमेत ८ जना र साना किसान कृषि सहकारी संस्था लिमिटेड उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/09
जिल्ला पर्सा, पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत छैठौं संजय कुमार पाण्डेयसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, सरकारी कागजात सच्याएको तथा गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/09
जिल्ला स्याङ्जा, अर्जुनचौपारी गाउँपालिकामा सहायकस्तर पाँचौ तहमा कार्यरत हिरालाल काफ्ले उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/09
निजामती कर्मचारी अस्पताल, नयाँबानेश्वर काठमाडौंको फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दिपा ढुङ्गानासमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/08
भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/08
जनता माध्यमिक बिद्यालय, वेतहा भवानीपुर, सिरहामा मा.वि. तृतीय श्रेणीमा शिक्षकको रुपमा कार्यरत गुन्जेश्वर मण्डल उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/08