जिल्ला कैलाली, जानकी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीसमेतका ८ जना प्रतिवादीहरुले सोही वडामा नै मृत्युदर्ता पंजिकरण भएको, एकै नागरिकताबाट दोहोरो सामाजिक सुरक्षा भत्ताको लाभग्राही अभिलेखसमेत बनाई जम्मा ६८३ जना लाभग्राहीको प्रतिवादीहरु आफैले औठाछाप लगाई प्रमाणितसमेत गरेको र नविकरण नै नभएको लाभग्राहीको रकम निकासा गरी गराई प्रतिवादीहरुले आफूसमेतलाई लाभ र गाउँपालिका/नेपाल सरकारलाई हानीनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी कसुरमा आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०६।३१ गते।
------------------------------------------

जिल्ला कैलाली, जानकी गाउँपालिका, वडा नं. ९ मा कार्यरत वडासचिव प्रेम बहादुर बुढाले सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको, मृत्युपश्चात समेत दर्जनौं व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको तथा एउटै व्यक्तिको नाममा दोहोर्‍याएरसमेत सामाजिक सुरक्षा भत्ता वितरण गरी लाखौं रूपैंयाँ अपचलन गरेको भन्ने व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)



प्रवक्ता
राजेन्द्र कुमार पौडेल

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन कार्यालय प्रमुख स्वर्गीय केशव बहादुर कार्की, तत्कालीन खरिदार तेजनाथ पौडेल समेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/03
जिल्ला सुर्खेत, चौकुने गाउँपालिका वडा नं. ०५ स्थित मालिका वन उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर दानीसमेत ५ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/02
मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृतहरु हरिनारायण मिश्र, भूप बहादुर बोगटी, पदम प्रसाद अर्याल, सुरेन्द्र प्रसाद राव कुर्मीसमेत ८ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/01
उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको कम्पनी सचिव पद (सातौँ तह) मा कार्यरत राजेश पोख्रेल उपर झुट्टा तथा नक्कली कार्य अनुभवको प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/03/31