जिल्ला रौतहट, माधव नारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादवसमेत ३ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०६।२६ गते।
------------------------------------------
 
जिल्ला रौतहट, माधवनारायण नगरपालिकाले ठेक्का MNM/Works/2077/78” Construction of School Building, Madhav Narayan Municipality-03 Sakuwaba, Rautahat” को बोलपत्रको सूचना र आशयको सूचना प्रकाशनको विषय/सूचना प्रकाशन नै नगरी प्रकाशन गरेको देखार्इ भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा आ.व.२०७७/०७८ मा जिल्ला रौतहट माधव नारायण नगरपालिका वडा नं. ३ देवी माध्यमिक विद्यालय सखुअर्वामा भवन निर्माण कार्यको लागि ठेक्का नं. MNM/Works/2/077/078 बोलपत्र आह्वानको सूचना र बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरी माधव नारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव र रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रा.लि.का सञ्‍चालक अजित कुमार कर्णसमेतको आपसी मिलोमतो तथा योजनामा आफूहरुलाई गैरकानूनी लाभ तथा माधव नारायण नगरपालिकालाई हानि पुर्‍याउने बदनियतले उक्त बोलपत्र आह्वानको सूचना र आशयको दुबै सूचना लुकाई छिपाई सूचना प्रकाशन नगरी नगराई माधव नारायण नगरपालिकाको ठेक्काको प्रयोजनार्थ अभिलेखमा राख्ने गरी सिटी पोष्ट राष्ट्रिय दैनिक पत्रिका जस्तो देखिने सिमित प्रति मात्र प्रकाशित उक्त मिति २०७७।१०।०८ गतेको बोलपत्र आह्वान र मिति २०७७।११।१३ गतेको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना माधव नारायण नगरपालिकामा पेश गरेको देखिएकोमा उक्त सूचना प्रेस काउन्सिल नेपालको पत्रबाट मिति २०७७।१०।०८ गतेको बोलपत्र आह्वानको सूचना र मिति २०७७।११।१३ गतेको बोलपत्र स्वीकृत आशयको PDF अभिलेख नदेखिएको भनी प्राप्त भएबाट सोही झुट्टा विवरणसहितको पत्रिकाको आधारमा रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रा.लि., गौर, रौतहटलाई सूचना विवरण लुकाउने कलुषित मनसाय साथ सार्वजनिक तवरमा वितरण प्रयोजनार्थ प्रकाशित नै नगरेको थप पृष्ठ उक्त सक्कली पत्रिका साथै राखी उक्त झुट्टा बिल भरपाई लगायतका कागजातहरुको आधारमा रू. २,५७,९७०।- (दुई लाख सन्ताउन्न हजार नौ सय सत्तरी रुपैयाँ मात्र) भुक्तानी दिएको पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्न प्रतिवादीहरु उपर देहायबमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल
 
 

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

सुर्खेत उपत्यका नगर विकास समिति, वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिवहरू टिकाराम ढकाल, नरहरी तिवारी, गेहेन्द्र बहादुर डाँगीसमेत ५ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/13
जिल्ला गोरखा, बारपाक सुलिकोट गाउँपालिका वडा नं. ७ स्थायी वतन भई हाल जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं. ५ बस्ने सुमित्रा कुमारी घिमिरे पुडासैनी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/05/12
सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेश, नक्टाझिज, धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/12
नेपाल विद्युत प्राधिकरण, बितरण केन्द्र कञ्चनपुर, सप्तरीका प्रमुख महेन्द्र कुमार दास उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/11
प्रहरी वृत्त मालीगाउँ काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक दिनेश राउत उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/08
बैदेशिक रोजगार बिभाग, ताहाचल, काठमाडौंका नायब सुब्बा हेम बहादुर मस्राङ्गी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/08