संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन मन्त्री तथा संघीय संसद, प्रतिनिधि सभा (हाल विघटित) सदस्य राज कुमार गुप्ता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वमन्त्री तथा संघीय संसद, प्रतिनिधि सभा(हाल विघटित) सदस्य रन्जिता श्रेष्ठसमेत ७ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०६।२२ गते ।
----------------------------------------------------

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन मन्त्री राजकुमार गुप्ताले कास्की जिल्ला स्थित मालपोत कार्यालयका तत्कालिन प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा थमौती गरिदिन्छु भनी घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ लिएको र तीनै घरजग्गा व्यवसायीबाट मन्त्री गुप्ताले भूमि आयोगको सदस्य बनाउनका लागि २५ लाख रुपैयाँ घुस डिल गरेको अडियोसमेत रहेकोले निज मन्त्री गुप्तालाई तत्काल कारबाही हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १६ (साविक बाटुलेचौर-१) मा रहेको दिप विर्ता (लिची बगैचा)मा रहेको भनिएको नक्सा नं. २५, २६ र २८ को जग्गाको सम्बन्धमा सम्मानित अदालतको फैसला बमोजिम दुर्गादेवी शाहको हकवालाहरु सुरज शाह ठकुरी समेतको नाममा दा.खा. तथा नामसारी गर्ने गराउने कार्यको लागि निज सुरज शाह ठकुरीले मालपोत कार्यालय कास्कीमा निवेदन दिएकोमा उक्त कार्यालयका प्रमुख मालपोत अधिकृत प्रतिवादी रामचन्द्र अधिकारीसमेतले अश्वाभाविक विलम्व गरे गराए पश्चात घर जग्गा व्यवसायी/बिचौलिया प्रतिवादी सुजन कुमार तामाङको सम्पर्कमा पुगेको देखिएको। निज प्रतिवादी सुजन कुमार तामाङले अन्य प्रतिवादीहरु याम कुमारी गुरुङ र तुल्सीराम बुढा मगरसँगको मिलेमतो तथा योजनामा उक्त नक्सा नं.२५,२६,२८ को जग्गाको दा.खा नामसारी गरे गराए वापत दुर्गादेवी शाहको हकवालाहरुको नाममा दर्ता हुन आएको एकमुष्ठ जग्गा मध्ये ४० प्रतिशत जग्गा आफुसमेतले लिने खाने गरी मिति २०८१।०२।२० गते करारनामा कागज गरे गराएको देखिएको। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता 
राजेन्द्र कुमार पौडेल

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला काठमाडौं, मालपोत कार्यालय, टोखा सरस्वतीका तत्कालीन कार्यालय प्रमुख सुबोध कुमार खनालसमेत २७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको, नोक्सान गरेको, गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/10
श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालय, कैलालीमा कार्यरत बालविकास शिक्षक नन्दा कुमारी शाही उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/10
जिल्ला कृषि विकास कार्यालय, धनुषाका तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झासमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/10
विष्णुपुर गाउँपालिका सिरहाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महतसमेत ८ जना र साना किसान कृषि सहकारी संस्था लिमिटेड उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/09
जिल्ला पर्सा, पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत छैठौं संजय कुमार पाण्डेयसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, सरकारी कागजात सच्याएको तथा गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/09
जिल्ला स्याङ्जा, अर्जुनचौपारी गाउँपालिकामा सहायकस्तर पाँचौ तहमा कार्यरत हिरालाल काफ्ले उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/09
निजामती कर्मचारी अस्पताल, नयाँबानेश्वर काठमाडौंको फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दिपा ढुङ्गानासमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/08
भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/08
जनता माध्यमिक बिद्यालय, वेतहा भवानीपुर, सिरहामा मा.वि. तृतीय श्रेणीमा शिक्षकको रुपमा कार्यरत गुन्जेश्वर मण्डल उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/08