जिल्ला काठमाडौं, नापी कार्यालय कलंकी, ३ नं. नापी टोली, पुरानो नैकापमा कार्यरत कार्यालय सहयोगी एकेन्द्र बहादुर कुँवर उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०५।२० गते।
------------------------------------------

जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं. १३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले नापी कार्यालय कलंकी, ३ नं. नापी टोली पुरानो नैकापमा कार्यालय सहयोगी (करार) पदमा कार्यरत एकेन्द्र बहादुर कुँवरलाई सेवाग्राहीबाट रु.१३,०००।– (तेह्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा नापी कार्यालय कलंकी, ३ नं. नापी टोली, पुरानो नैकापमा कार्यरत कार्यालय सहयोगी (करार) एकेन्द्र बहादुर कुँवरले भूमिसुधार तथा मालपोत कार्यालय, कलंकी, काठमाडौंमा दर्ता श्रेस्ता कायम रहेको जिल्ला काठमाडौं, चन्द्रागिरी न.पा. वडा नं. १३ (साविक पुरानो नैकाप वडा नं.८ख) को जग्गा हालसाविक गरी/गराई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन आवश्यक सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत बापत रु.१३,०००।– (तेह्र हजार रुपैंयाँ) माग गरी लिएको देखिएबाट निज एकेन्द्र बहादुर कुँवरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा बिगो रु.१३,०००।– (तेह्र हजार रुपैंयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवानाको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 

 

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेश बिज्ञप्ति आरोपपत्र प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला धनुषा, विदेह नगरपालिका-२ स्थित शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरसमेत २ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/15
गोकर्णेश्‍वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौंका तत्कालीन नगर प्रमुख (मेयर) काठमाडौ जिल्ला निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित विघटित प्रतिनिधि सभाका सदस्य एवं संघीय संसद अन्तर्गतको अर्थ समितिका तत्कालीन सभापति सन्तोष चालिसे उपर रू.३,६८,४७,७६१।७१ बिगो कायम गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/14