नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादब उपर बिगो रु. रु.५,७९,६२,४४०।३९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०५।१३ गते।
------------------------------------------


नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादबले माथिल्लो बिभागीय प्रमुख र राजनैतिक ब्यक्तिहरुलाई प्रभावमा पारी प्रमुख नापी अधिकृत (उपसचिव) कार्यालय प्रमुख रहने दरबन्दी रिक्त बनाई, बैदेशिक अध्ययनमा गएका कर्मचारीको पद, दरबन्दी कायम गरी दशौं बर्ष निमित्त कार्यालय प्रमुख पदमा रही, सरकारी सार्वजनिक जग्गाहरु हाल साबिक, प्लट मिलान गर्ने नाममा सार्वजनिक जग्गाहरु ब्यक्तिको नाउँमा पारी करौडौंको आर्थिक चलखेल गर्ने, साथै पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन उपर अनुसन्धान हुँदा निज सुग्रीव यादब सार्वजनिक पद धारण गरेको मिति २०५३/०३/१३ देखि मिति २०८१/०३/१६ गतेसम्मको जाँच अवधिमा निजको एकासंगोलका घर परिवारको समग्र आय र व्यय सम्बन्धमा पारिश्रमिक/तलब बचत रकम, बिभिन्न भत्तामध्ये बैठक भत्ता, प्रोत्साहन भत्ता र अन्य दैनिक भ्रमण भत्ता बचत रकम, जग्गा बिक्री आय, ऋण कर्जा आय, बैंक ब्याज आय, विमा परिपक्‍व आय, कृषि आय र सवारी साधन बिक्री आय रकम गरी कूल जम्मा रु.९,०३,९५,४४४।२० (नौ करोड तीन लाख पन्चानब्बे हजार चार सय चौवालीस रूपैयाँ पैसा बीस मात्र) निज र निजका परिवारले वैध आय आर्जन गरेको देखिएको।
त्यसैगरी, सोही जाँच अवधिमा जग्गा खरिद रकम, घर निर्माण, शेयर खरिद, सवारी साधन खरिद, कर्जा भुक्तानी रकम, विमा प्रिमियम भुक्तानी रकम, अध्ययन खर्च, व्यवसाय/कम्पनी स्थापना लगानी, कृषि हेरालु व्यय अन्तर्गत रकम, सुन खरिद, सवारी साधन वार्षिक नवीकरण दस्तुर/शुल्क, बिद्युतीय उपकरण खरिद, घर बहाल ब्यय बापतको रकम, उपचार खर्च, सामाजिक व्यबहार खर्च, नगद मौज्दात र बैंक मौज्दात रकम गरी कूल जम्मा रु.१४,८३,५७,८८४।५९ (चौध करोड त्रियासी लाख सन्ताउन्न हजार आठ सय चौरासी रूपैयाँ पैसा उनान्साठी मात्र) बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिँदा निजको कूल/समग्र आयबाट सोही अवधिको कूल/समग्र खर्च तथा लगानी (कूल व्यय) घटाउँदा रु.५,७९,६२,४४०।३९ (पाँच करोड उनासी लाख बैसठ्ठी हजार चार सय चालीस रूपैयाँ पैसा उनन्चालिस मात्र) बराबरको सम्पत्ति (खर्च तथा लगानी)को स्रोत पुष्टि गर्न नसकेको हुँदा निज सुग्रीव यादबले उक्त रकम बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको स्थापित भएकोले निजलाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित एवं निषेधित गरिएबमोजिमको कसूरमा बिगो रु.५,७९,६२,४४०।३९ (पाँच करोड उनासी लाख बैसठ्ठी हजार चार सय चालीस रूपैया पैसा उनन्चालिस मात्र) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद र बिगो बमोजिम जरिवाना हुन, साथै साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, दफा १६ग र दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको रु.५,७९,६२,४४०।३९ मूल्य बराबरको सम्पत्ति जफत गरी पाउन एवं निज सुग्रीव यादब राष्ट्रसेवक पदमा बहाली भएपश्चात बार्षिक रुपमा पेश गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाई छिपाई झुठ्ठा विवरण पेस गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसूरमा सोही ऐनको सोही दफा बमोजिम कैद र जरिवाना गरी लुकाई छिपाई राखिएको सम्पत्ति जफत हुन र गैरकानूनी आर्जन गरेको सम्पत्तिहरुबाट बिगो रु.५,७९,६२,४४०।३९ साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, ऐ. ऐनको दफा २९ को उपदफा (२) र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), ऐ.ऐनको दफा १६ को उपदफा (२), ऐ. ऐनको दफा ४७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गरी असूल उपर हुन मागदाबी लिइएको छ।
साथै प्रतिवादी सुग्रीव यादबले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरूबाट निजको परिवार श्रीमती गायत्री यादब, छोराहरु सुधान्सु यादब र शुभम यादबका नाममा खरिद गरेका सम्पत्तिहरु साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. समेतको प्रचलित कानून बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र निज गायत्री यादब, सुधान्सु यादब र शुभम यादबलाई प्रतिवादी कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 


सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

आरोपत्र प्रेश बिज्ञप्ति आरोपत्र प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला काठमाडौं, मालपोत कार्यालय, टोखा सरस्वतीका तत्कालीन कार्यालय प्रमुख सुबोध कुमार खनालसमेत २७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको, नोक्सान गरेको, गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/10
श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालय, कैलालीमा कार्यरत बालविकास शिक्षक नन्दा कुमारी शाही उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/10
जिल्ला कृषि विकास कार्यालय, धनुषाका तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झासमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/10
विष्णुपुर गाउँपालिका सिरहाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महतसमेत ८ जना र साना किसान कृषि सहकारी संस्था लिमिटेड उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/09
जिल्ला पर्सा, पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत छैठौं संजय कुमार पाण्डेयसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, सरकारी कागजात सच्याएको तथा गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/09
जिल्ला स्याङ्जा, अर्जुनचौपारी गाउँपालिकामा सहायकस्तर पाँचौ तहमा कार्यरत हिरालाल काफ्ले उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/09
निजामती कर्मचारी अस्पताल, नयाँबानेश्वर काठमाडौंको फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दिपा ढुङ्गानासमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/08
भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/08
जनता माध्यमिक बिद्यालय, वेतहा भवानीपुर, सिरहामा मा.वि. तृतीय श्रेणीमा शिक्षकको रुपमा कार्यरत गुन्जेश्वर मण्डल उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/08