जिल्ला जाजरकोट, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियरसमेत ८ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०५।१२ गते।
------------------------------------------

जिल्ला जाजरकोट, भेरी नगरपालिकाले आ.व. २०८०।०८१ मा ६,९ र १० को वडा कार्यालय भवन निर्माण ठेक्का प्रक्रियामा सार्वजनिक खरिद कानून विपरीत गरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.व. २०८०।८१ मा भेरी नगरपालिका, जाजरकोटको ६, ९ र १० नं वडाहरूको वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद नियमावली, २०६४ विपरित साइट भिजिट नगरेको भनी Ranjit Ranjan Construction Pvt. Ltd. लाई मूल्याङ्‍कनमा अनुत्तीर्ण गराई, साइट भिजिट नगरेको कारणले हुने जोखिम बोलपत्रदाताको आफ्नो जोखिम हो भन्ने कुराको जानकारी रहँदा रहँदै बद्‍नियतपूर्ण तवरले मूल्याङ्‍कन गरेको, इ-बिडिंगमा बोलपत्र जमानतको रूपमा स्क्यान गरेको कपी पेस गर्ने र पछि कार्यालयले सक्कल माग गरेर हेर्न सक्ने प्रावधान रहेको तथा फरक परेमा सम्बन्धित बैंकसँग सोधेर स्क्यान गरिएको प्रति वा पेस भएको प्रति कुन सही हो भनी यकिन गर्नुपर्नेमा सो नगरी बद्‍नियतपूर्वक Siddhi Bahan / Y.K.J.V. लाई मूल्याङ्‍कनमा अनुत्तीर्ण गरेको, एक वर्षभन्दा पहिले नै खारेज भैसकेको प्रावधान राखी बोलपत्र आह्वान गर्नु कानून विपरीत हुन गएको देखिएको र क्रेडिट लाइन पेश नभएको भन्ने आधारमा Saikumari Engineering Consultancy Pvt. Ltd. को बोलपत्रलाई सारभूत रूपमा प्रभावग्राही नरहेको भनी जानी जानी लक्षित बोलपत्रदातालार्इ ठेक्का दिने नियोजित उद्देश्यले प्रतिस्पर्धामा भाग लिएका सारभूत रुपमा प्रभावग्राही देखिएका बोलपत्रदाताको प्रस्ताव मिलेमतोमा मूल्याङ्‍कनमा अनुत्तीर्ण गरी बोलपत्रमा भाग लिने ४ वटा बोलपत्रदाताहरूमध्ये ३ वटा बोलपत्रदाताहरूलाई अनुत्तीर्ण गरी प्रतिस्पर्धा सीमित गरी लक्षित बोलपत्रदाताले ठेक्का पाउने कुरा जानी जानी कानूनी ग्राह्यता, पूर्णता र प्राविधिक मूल्याङ्‍कनमा एकमात्र बोलपत्रदाता सफल हुने गरी प्रतिस्पर्धालाई सीमित बनाई गैरकानूनी लाभ लिने बद्‍नियतले New BK/Nahakuli JV सँग ठेक्का सम्झौता गरे गराएको हुँदा New BK/Nahakuli JV र प्राविधिक मूल्याङ्‍कनमा साइट भिजिट नभएको भनी असफल बनाएको सबै भन्दा न्यून कबोल गर्ने बोलपत्रदाता Ranjit Ranjan Construction Pvt. Ltd. को कबोल अंकको अन्तर रु.३६,२०,५७८।१० नेपाल सरकार र भेरी नगरपालिकाको सम्पत्ति हिनामिना, हानिनोक्सानी एवं दुरुपयोग गरी गैरकानूनी लाभ लिने बदनियतले उक्त कार्य गर्ने गराउने देहायका प्रतिवादीहरु उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

आरोपत्र प्रेश बिज्ञप्ति आरोपत्र प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला काठमाडौं, मालपोत कार्यालय, टोखा सरस्वतीका तत्कालीन कार्यालय प्रमुख सुबोध कुमार खनालसमेत २७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको, नोक्सान गरेको, गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/10
श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालय, कैलालीमा कार्यरत बालविकास शिक्षक नन्दा कुमारी शाही उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/10
जिल्ला कृषि विकास कार्यालय, धनुषाका तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झासमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/10
विष्णुपुर गाउँपालिका सिरहाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महतसमेत ८ जना र साना किसान कृषि सहकारी संस्था लिमिटेड उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/09
जिल्ला पर्सा, पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत छैठौं संजय कुमार पाण्डेयसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, सरकारी कागजात सच्याएको तथा गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/09
जिल्ला स्याङ्जा, अर्जुनचौपारी गाउँपालिकामा सहायकस्तर पाँचौ तहमा कार्यरत हिरालाल काफ्ले उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/09
निजामती कर्मचारी अस्पताल, नयाँबानेश्वर काठमाडौंको फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दिपा ढुङ्गानासमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/08
भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/08
जनता माध्यमिक बिद्यालय, वेतहा भवानीपुर, सिरहामा मा.वि. तृतीय श्रेणीमा शिक्षकको रुपमा कार्यरत गुन्जेश्वर मण्डल उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/08