प्रतिवादी रमेश बहादुर दाहालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८२।०४।०९ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट श्री माध्यमिक विद्यालय, सुनसरीका तत्कालीन प्रधानाध्यापक रामविलास यादव, शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका तत्कालीन सव इन्जिनियर निरज कुमार झा, शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका तत्कालीन कार्यालय प्रमुख उप-सचिव रमेश बहादुर दाहाल समेतका प्रतिवादीहरु उपर श्री माध्यमिक विद्यालयको छात्रा शौचालय निर्माणमा वास्तविक भए गरेको कार्य भन्दा बढी रकमको गलत प्रतिवेदन तयार गरी भुक्तानी गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) वमोजिमको कसुरमा बिगो रु. १,८६,७६५।९६  कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय गरी बिगोसमेत सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम असुल उपर हुन साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९(२) बमोजिम कैद र जरिवाना सजाय हुन समेत मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८०।१२।२७ को फैसलाबाट सफाई दिएकोले उपरोक्त फैसलाउपर मिति २०८२।०४।०९ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।
 
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल

 

पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी कर्ण बहादुर शाहीसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/05/13
प्रतिवादी चुडामणी आपगाईंसमेत रहेको सरकारी कागजात सच्चाई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/05/13
प्रतिवादी विरेन्द्र मल्लसमेत रहेको गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/05/12