जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना रु. ३,००,०००।- घुस रकमसहित नियन्त्रणमा ।
प्रेस विज्ञप्ति:- मिति २०८२।०३।२३ गते ।
----------------------------------------------------
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवले वडा नं. ३ स्थित बिभिन्न योजनाहरुको निर्माण कार्य सम्पन्न पश्चात भुक्तानी सिफारिस गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग मोलमोलाई गरी घुस/रिसवत रु.३,००,०००।- माग गरी उक्त घुस रकम जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नं. ९ स्थित श्री गणेश ट्रेडिङ्गका संचालक विपिन कुमार पाण्डेयलाई लिन लगाई निज विपिन कुमार पाण्डेयले लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज वडा अध्यक्ष जनार्दन यादव र संचालक विपिन कुमार पाण्डेयलाई रु.३,००,०००।– (तीन लाख रुपैयाँ) घुस/रिसवत रकमसहित आज मिति २०८२।०३।२३ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
प्रवक्ता
राजेन्द्र कुमार पौडेल