यस आयोगका सचिव श्री घनश्याम उपाध्यायको विदाई तथा नवआगन्तुक सचिव श्री नारायणप्रसाद शर्मा दुवाडीको पदभारण ग्रहण एवं स्वागत कार्यक्रम सम्पन्न।


प्रेस विज्ञप्ति :- मिति २०८१।११।०१ गते।

नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८१/१०/२८ गतेको निर्णयानुसार यस आयोगबाट अर्थ मन्त्रालयमा सरुवा भई जानु भएका सचिव श्री घनश्याम उपाध्यायको विदाई कार्यक्रम र आयोगमा सरुवा भई आउनु भएका सचिव श्री नारायणप्रसाद शर्मा दुवाडीको स्वागत कार्यक्रम माननीय प्रमुख आयुक्त प्रेम कुमार राई, माननीय आयुक्तहरु किशोर कुमार सिलवाल, जय बहादुर चन्द र डा. सुमित्रा श्रेष्ठ अमात्य समेतको समुपस्थितिमा सम्पन्न भयो।
नेपाल सरकारको मिति २०८१/१०/२८ को निर्णयानुसार यस आयोगमा सरुवा भई आउनु भएको सचिव श्री नारायणप्रसाद शर्मा दुवाडीले २०८१/१०/३० गते पदभार ग्रहण गर्नुभयो।वहाँले आयोग सुशासनको लागि मानप स्थापित गर्ने आदर्श संस्था भएकोले त्यो आदर्श कायम राख्न प्रतिवद्ध भई काम गर्नुपर्ने उल्लेख गर्नु भएको। 
आयोगबाट सरुवा भई जानु भएका सचिव श्री घनश्याम उपाध्यायले आयोगमा रहँदा आफूले सिकेको ज्ञान र अनुभवलाई नेपाल सकारका अन्य निकायहरुमा पनि सदुपयोग गर्न गराउन दत्तचित्त रहने छु भनी प्रतिवद्धता व्यक्त गर्नु भयो। 
कार्यक्रममा बोल्दै माननीय प्रमुख आयुक्त श्री प्रेम कुमार राईले आयोगबाट विदाई भएर जान लाग्नु भएका सचिवले सुशासन कायम गर्न गरेको योगदानको कदर गर्दै नयाँ जिम्मेवारीमा समेत कूशलतापूर्वक कार्य सम्पादन गर्नु हुने छ भनी शुभ कामना व्यक्त गर्नु भयो। 
आयोगमा सरुवा भएर आउनु भएका सचिवको स्वागत गर्दै आयोगको लक्ष्य, संवैधानिक दायित्व र जिम्मेवारी पुरा गर्नमा वहँको योगदान हुनेछ भन्नेमा आफूले विश्वास लिएको उल्लेख गर्नु भयो। 


प्रवक्ता
नरहरि घिमिरे

बिदाई तथा स्वागत कार्यक्रम बिदाई तथा स्वागत कार्यक्रम
  

Other Press Release