प्रतिवादीहरु बालवीर ठाकुर, हिरालाल मण्डलसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०५।०९ गते ।
-------------------------------------------------

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटः 
  क) तत्कालीन प्रमुख प्रशासकीय अधिकृत स्वर्गीय बालवीर ठाकुरको हकमा:  
महोत्तरी, बलवा नगरपालिका, वडा नं. ३ स्थित परिक्रमा रोडदेखि ईदरिश नदाफको घर हुँदै विजलवा टोलको तारगाछीसम्म पी.सी.सी. र मुस्लिम सामुदायिक भवन निर्माणको लागि बलवा नगरपालिका र उपभोक्ता समूह बीच सम्झौता भई उक्त योजनाको अन्तिम मूल्याङ्कन रू.४३,२०,४७९।०४ भएकोमा उपभोक्ता समितिलाई रू. ३८,४१,१६२।५० भुक्तानी भएकोमा नापी किताबमा पी.सी.सी. ढलानको कार्यको परिमाण १७.११ घनमिटर उल्लेख भएतापनि स्थलगत निरीक्षण/नापजाँच गर्दा सो परिमाण ९.३६ घनमिटर गरिएकोले ७.७५ घनमिटर कम कार्य भई रू. १,०८,९५३।२२ बढी भुक्तानी दिई बद्‍नियतपूर्वक नभए नगरेको कार्य देखाई भए गरेको भनी गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदनसम्म तयार गरी/गराई गलत भुक्तानी दिई/लिई भ्रष्टाचारजन्य कार्य गरेको पुष्टी भएकोले प्रतिवादी बलवा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, महोत्तरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत स्वर्गीय बालवीर ठाकुरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) को कसूर गरेको र नभए नगरेको कामलाई भए गरेको भनी कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरेको देखिँदा ऐ. ऐनको दफा १९ को उपदफा (२) को कसूर समेत गरेको देखिएता पनि निजको मृत्यु भएको भनी मृत्यु दर्ता प्रमाणपत्रबाट देखिंदा निज उपरको कसूरमा सजायको मागदावी नगरेको तर मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १३३ को उपदफा (२) र दफा १५८ को उपदफा (२) बमोजिम मृत्यु भएको व्यक्तिको हकमा समेत सरकारी वा निजी विगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानूनी व्यवस्था भए बमोजिम बालवीर ठाकुरले जीवित अवस्थामा कसूर गरी प्राप्त गरेको विगो निजको शेष पछि हक खाने हकवाला अंशियारहरूबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम रू.१,०८,९५३।२२ असूल उपर गर्ने प्रयोजनको लागि बालवीर ठाकुरको हक खाने अंशियारहरू पलवी ठाकुर र रौनित ठाकुरबाट उक्त बिगो असूल उपर हुन। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

 

प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

प्रतिवादी इच्छाकुमार श्रेष्ठसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी गोबिन्द बहादुर खड्कासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी इच्छाकुमार श्रेष्ठसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी कृष्णदत्त भट्टसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी अजय प्रकाशसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/04
प्रतिवादी चन्द्रदेब मेहतासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/04
प्रतिवादी देवराज चौलागाईसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/03
प्रतिवादी रविन्द्र प्रसाद बराल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/03