संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा हाल कर्णाली प्रदेशका प्रदेशसभा सदस्य जीवन बहादुर शाही, नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुखको भूमिकामा रहेका तत्कालीन महाप्रवन्धक एवं संचालक समिति सदस्य सुगतरत्न कंसाकारसमेत ३२ जना उपर बिगो रु. १,४७,१०,८५,४८२।८५ कायम गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।१२।२२ गते।
------------------------------------------
 
नेपाल वायुसेवा निगमका महाप्रबन्धकसमेतको मिलेमतोमा A330-200 विमान खरिदमा भएको अनियमितताको छानबिन गरी पाउँ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा विमान बिक्रेता/आपूर्तिकर्ताको तर्फबाट Consortium Partner हरु AAR International INC., German Aviation Capital GMBM र Hi Fly-Transporte Aereos SA (Hi Fly Airlines); Consortium ले Special Purpose Company (SPC) को रुपमा नियुक्त गरेको Hifly X Ireland Limited; उल्लिखित Consortium तथा Special Purpose Company ले नेपाल वायुसेवा निगमबाट विमानको रकम प्राप्त गरी Fund Management गर्न Escrow Agent को रुपमा नियुक्त गरेको Norton Rose Fulbright LLP तथा ऐ.ऐ कम्पनीका प्रतिनिधिहरु र खरिदकर्ता नेपाल वायुसेवा निगमका कर्मचारी/पदाधिकारीहरुको प्रत्यक्ष संलग्नता र मिलेमतोमा बदनियत राखी कार्य गरी/गराई सार्वजनिक संस्था नेपाल वायुसेवा निगमलाई प्रत्यक्ष रुपमा अमेरिकी डलर १,३३,८८,१०९.६० (एक करोड तेत्तीस लाख अठासी हजार एक सय नौ दशमलव साठी) अर्थात अन्तिम भुक्तानी दिएको मितिको सटही दरको आधारमा रु. १,४७,१०,८५,४८२।८५ (एक अर्व सत्चालीस करोड दश लाख पचासी हजार चार सय बयासी रुपैयाँ पचासी पैसा) प्रतिवादीहरुले गैरकानूनी रुपमा सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्‍याउने र आफूहरुलाई गैरकानूनी लाभ पुर्‍याउने कार्य गरे/गराएको पुष्टि भएको हुँदा उल्लिखित भ्रष्टाचारजन्य कसुरमा संलग्न देहायका प्रतिवादीहरू उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको छ।क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22