तत्कालीन जिल्ला प्राविधिक कार्यालय, मुगुका जिल्ला इन्जिनियर तथा कार्यालय प्रमुख देवी प्रसाद पाण्डेसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।१२।०१ गते।
------------------------------------------
 
जिल्ला मुगु, सोरु गाउँपालिका वडा नं. ९ साविक कालै गा.वि.स. वडा नं. २, ३, ४ स्थित सिड्डिखोलादेखि फुक्यालसम्मको आर.सी.सी. सिंचाई कुलो निर्माणका लागि आ.ब. २०७२।०७३ मा उपलब्ध गराएको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका जिल्ला इन्जिनियर तथा कार्यालय प्रमुख देवी प्रसाद पाण्डेले जिल्ला मुगु, सोरु गाउँपालिका वडा नं. ९ साविक कालै गा.वि.स. वडा नं. २, ३, ४ स्थित सिड्डिखोलादेखि फुक्यालसम्मको आर.सी.सी. सिंचाई कुलो निर्माणमा निजले भुक्तानी गरेको रकमबाट सिड्डीखोला सिंचाई आयोजनामा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन अनुसार RCC Canal Lining works, Pipe Line works को रु.१४,१७,९३५।५५ बराबरको कार्य सम्पन्न नगरी नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्‍याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर गरेकोले निज देवी प्रसाद पाण्डेलाई रु.१४,१७,९३५।५५ (चौध लाख सत्र हजार नौ सय पैतीस रुपैयाँ पचपन्न पैसा मात्र) बिगो कायम गरी ऐ.ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन एवं बिगो समेत असुलउपर हुन मागदाबी लिइएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
प्रवक्ता
 नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला कैलाली, मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्दसमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/19
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनीउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/12
नेपाल चिया बिकास निगम लिमिटेड बिर्तामोड, झापाका तत्कालीन सिनियर एकाउन्टेन्ट संजय बिलोटियासमेत ४ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
जिल्ला महोत्तरी, जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/09