रक्तदान कार्यक्रम सम्पन्न।



प्रेस विज्ञप्ति:- मिति २०८०।१०।२५ गते।
------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवसको अवसरमा आयोजित वृहत रक्तदान कार्यक्रम मिति २०८०/१०/२५ गते सम्पन्न भयो।उक्त रक्तदान कार्यक्रममा आयोगका माननीय आयुक्त श्री जय बहादुर चन्द, माननीय आयुक्त डा.सुमित्रा श्रेष्ठ अमात्य तथा श्रीमान् सचिव रामेश्वर दंगाल लगायत १७५ जनाले रक्तदान गर्नुभएको थियो।कार्यक्रम आयोगको परिसरमा विहान १०:०० बजे देखि दिउँसो ४:०० बजेसम्म भएको थियो।

 प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release