प्रहरी चौकी खडैचा, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारी घुस रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८०।०९।२५ गते।
----------------------------------------------------
प्रहरी चौकी खडैचा, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारीले कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारीलाई सेवाग्राहीबाट रु.८,०००।– (आठ हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित प्रहरी चौकी खडैचा, बाँकेबाट आज मिति २०८०।०९।२५ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

 सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

 

Download Download
  

Other Press Release