जिल्ला बारा, जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तारा बहादुर कार्की रु. ५,००,०००।- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०८०।०९।०२ गते।
----------------------------------------------------

जिल्ला बारा, जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तारा बहादुर कार्कीले  घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिई गएको टोलीले निज वडा अध्यक्ष तारा बहादुर कार्कीलाई सेवाग्राहीबाट रु.५,००,०००।– (पाँच लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला बारा, जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ बाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

 प्रवक्ता
नरहरि घिमिरे

 

Download Download
  

Other Press Release