जिल्ला काठमाडौं, बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सव-इन्जिनियर टिकाराज राई रु. ८०,०००।- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०८०।०८।१४ गते ।
----------------------------------------------------

जिल्ला काठमाडौं, बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सव-इन्जिनियर टिकाराज राईले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज सव-इन्जिनियर टिकाराज राईलाई सेवाग्राहीबाट रु.८०,०००।- (असी हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ बाट आज  मिति २०८०/०८/१४ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release