चन्द्रपुर नगरपालिका, रौतहटका तत्कालीन नगर प्रमुख रामचन्द्र चौधरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देलसमेत ४ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०७।१६ गते।
------------------------------------------
 
जिल्ला रौतहट, चन्द्रपुर नगरपालिका, नगरपालिकाको कार्यालयसमेतले आशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा उक्त नगरपालिका अन्तर्गत पर्ने चाँदी नदीको नदीजन्य पदार्थ उत्खनन एवं बिक्री गर्न लगाएको बोलपत्र नं. १९/०७७/०७८ समेतको ठेक्कामा अनियमित तवरले नदीजन्य पदार्थ उत्खनन गरी राजस्व छली गरेको भन्ने उजुरी निवेदन सम्वन्धमा अनुसनधान हुँदा चन्द्रपुर नगरपालिका, रौतहटले आ.व. २०७७।०७८ मा ठेक्का नं. १९/०७७/०७८ चाँदी नदीको राजमार्ग दक्षिण नदीजन्य पदार्थ बिक्री-मरधर ठेक्का आशिक कन्स्ट्रकसन रौतहटसँग सम्झौता गर्दा तोकिएको नगद तथा बैक जमानत पेश नगरी नलिई मूल्य अभिबृद्धि करसमेत दाखिला नगरी नगराई रु.१७,६८,०००।- (सत्र लाख अठ्सठ्ठी हजार रुपैयाँ) बराबरको घटी राजस्व रकम असुल गरी राजस्व चुहावट गरी गराई भ्रष्टाचारजन्य कसुर गरेको र स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा रहेको प्रावधान विपरीत तोकिएको परिमाण भन्दा बढी नदीजन्य पदार्थ अबैध रुपमा उत्खनन् गरी/गराई रु.३७,३४,२९८।०६ (सैतीस लाख चौतीस हजार एक सय अन्ठानब्बे रुपैयाँ छ पैसा) रकम बराबरको अवैध रुपमा अधिक नदीजन्य पदार्थ उत्खनन गरी/गराई नगरपालिकालाई उक्त रकम बराबर राजस्व हानिनोक्सानी पुर्‍याई जम्मा रु.५५,०२,१९८।०६ (पचपन्न लाख दुई हजार एक सय अन्ठानव्वे रुपैया छ पैसा) रकम राजस्व चुहावट गरी भ्रष्टाचार गरेको पुष्टि भएको हुँदा उक्त कसुरमा संलग्न प्रतिवादीहरु उपर देहाय बमोजिमको सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 प्रवक्ता
भोला दाहाल
 

Download Download
  

Other Press Release

जिल्ला कैलाली, मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्दसमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/19
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनीउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/12
नेपाल चिया बिकास निगम लिमिटेड बिर्तामोड, झापाका तत्कालीन सिनियर एकाउन्टेन्ट संजय बिलोटियासमेत ४ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
जिल्ला महोत्तरी, जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/09