पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य-सचिव डा. प्रदिप ढकाल र ऐ. कोषका तत्कालीन कोषाध्यक्ष हालका सदस्य सचिव डा. मिलन कुमार थापासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०६।१४ गते।
------------------------------------------
 
पशुपति क्षेत्र विकास कोषका संचालक परिषद्‍को पत्र, पशुपतिनाथ मन्दिरका मूलभट्टको निवेदन, श्रीको जलहरी निर्माण ब्यबस्था समिति गठन भएको पत्र, पशुपति क्षेत्र विकास कोष संचालक परिषद्को रकम निकासा सम्बन्धीको पत्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको श्रीपशुपतिनाथको मन्दिरमा सुनको जलहरी निर्माणको लागि रु. ३० करोड रकम निकासाका लागि अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखालाई लेखिएको पत्र, अर्थ मन्त्रालय सिंहदरबार काठमाडौंको सुनको जलहरी निर्माण गर्न आबश्यक पर्ने सुन नेपाल राष्ट्र बैंकसंग खरिद गर्ने, खरिद गरेको सुनको नेपाल राष्ट्र बैंकलाई भुक्तानी गर्नुपर्ने रकममध्ये कोषको स्रोतबाट अपर्याप्त हुने रकममध्ये रु. ३० करोड कोषलाई उपलब्ध गराउने गरी खरिद प्रक्रिया अगाडि बढाउन सहमति दिने भन्ने समेत ब्यहोराको पत्र, सुनको जलहरी निर्माण कार्यका लागि कार्यटोली गठन भएको पत्र, सुन खरिद बिक्री सम्बन्धी सम्झौता पत्र, लकरमा सुन राखिएको मुचुल्का, सुनको जलहरी निर्माण कार्य आरम्भ गरिएको मुचुल्का, नेपाल राष्ट्र बैंक गभर्नरको कार्यालय बालुवाटारको १० किलोग्रामसम्म सुन र दुई किलोग्राम सम्म चाँदी डेपुटी गभर्नर र सोभन्दा माथि गभर्नरज्यूबाट भएको निर्णय तथा कोषको माग बमोजिमको सुन बिक्री गरिएको र नेपाल राष्ट्र बैंक सुन चाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्री सम्बन्धी कार्यबिधि, २०७५ को दफा १० (छ) बमोजिम कच्चा सुन चाँदी ९९९ टच भन्दा कम गुणस्तरको मात्र बिक्री गर्न मिल्ने ब्यबस्था रहेकोले कोषबाट सोही बमोजिम कम टचको सुन खरिद गर्न मन्जुर गरी मिति २०७७/१०/२६ मा बैकसँग सम्झौता गरी बैंकको मौज्दातमा रहेको सुन बिक्री गरिएको भन्ने ब्यहोरा पत्रसमेतको सम्बन्धमा अनुसन्धान हुँदा। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
भोला दाहाल
 

Download Download
  

Other Press Release

जिल्ला कैलाली, मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्दसमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/19
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनीउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/12
नेपाल चिया बिकास निगम लिमिटेड बिर्तामोड, झापाका तत्कालीन सिनियर एकाउन्टेन्ट संजय बिलोटियासमेत ४ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
जिल्ला महोत्तरी, जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/09