जिल्ला दोलखा, शैलुङ्गेश्वर गा.पा. बस्ने कल्याणी सुवेदी उपर प्रतिकुल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०६।१२ गते।
------------------------------------------
 
सीमा प्रहरी चौकी टिमुरे रसुवामा कार्यरत प्रहरी कर्मचारीसमेतले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्ने समेत व्यहोराको सम्मानित विशेष अदालत, काठमाडौँमा दर्ता भएको मुद्दामा सरकारी साक्षीका रुपमा पेश गरिएकी जिल्ला दोलखा, शैलुङ्गेश्वर गा.पा. बस्ने  कल्याणी सुबेदीले प्रतिकूल बकपत्र गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा श्री विशेष अदालत, काठमाडौंमा दर्ता भएको राजश्व चुहावटसमेत गरी भ्रष्टाचार गरेको भन्ने मुद्दामा सुन बिक्री गर्न ल्याउँदा राख्न दिएकोमा राखिदिएको भनी कल्याणी सुवेदीलाई उक्त मुद्दाको अनुसन्धानको क्रममा सहयोग गरेको कारण निजलाई प्रतिवादी नबनाई सरकारी साक्षीको रुपमा पेश गरिएकोमा निजले श्री विशेष अदालत, काठमाडौंसमक्ष उपस्थित भई वकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएका कागजात व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिबन्धात्मक वाक्यांशको व्यवस्था बमोजिम निजउपर पुन: मुद्दा दायर गर्न सकिने हुँदा निज कल्याणी सुवेदी उपर विगो रु.६,७७,५९९।– (छ लाख सतहत्तर हजार पाँच सय उन्नान्सय रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 
 
प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनीउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/12
नेपाल चिया बिकास निगम लिमिटेड बिर्तामोड, झापाका तत्कालीन सिनियर एकाउन्टेन्ट संजय बिलोटियासमेत ४ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
जिल्ला महोत्तरी, जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/09