ईलाका प्रहरी कार्यालय, बुटवल, रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठग बहादुर के.सी. उपर बिगो रु. १८,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०५।१३ गते।
------------------------------------------

ईलाका प्रहरी कार्यालय, बुटवल, रुपन्देहीका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठग बहादुर के.सी.ले जिल्ला रुपन्देही, बुटवल उप-महानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीको सुन लिई गई सुन फिर्ता गर्नको लागि रकम माग गरेको सूचनाको आधारमा निज प्रहरी नायब उपरीक्षक ठग बहादुर के.सी.को निवास खानतलासी गर्दा नगदसहित सुन बरामद भएको सम्बन्धमा छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयको पत्र/प्रतिवेदन/उजुरीका सम्वन्धमा अनुसन्धान हुँदा इलाका प्रहरी कार्यालय, बुटवल, रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठग बहादुर के.सी.ले मिति २०७९।०८।२५ गते बुटवल उपमहानगरपालिका वडा नं. ५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाईन्ट सुन लिई गई १५ दिनसम्म आफू कार्यरत कार्यालयका अन्य जिम्मेवार कर्मचारीलाई कुनै जानकारी नगराई आफैले सुन जिम्मा लगाएको कागज गर्न लगाई सुन फिर्ता नदिई घुस रिसवत लिने/खाने नियतले १५ दिनसम्म आफैसँग गोप्य राखी सेवाग्राहीसँग अन्य व्यक्तिमार्फत घुस/रिसवतको मोलमोलाई गरी नगद रु.८,५०,०००।- (आठ लाख पचास हजार रुपैयाँ) नगद र रु.९,५०,०००।- (नौ लाख पचास हजार रुपैयाँ) को चेकसमेत गरी जम्मा रु.१८,००,०००।- (अठार लाख रुपैयाँ) घुस/रिसवत लिई लिन लगाई उक्त सुन अन्य व्यक्तिमार्फत फिर्ता दिन जिम्मा लगाएको पुष्टि भएको हुँदा निज ठग बहादुर के.सी.ले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो रु.१८,००,०००।–(अठार लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
भोला दाहाल

 

Download Download
  

Other Press Release

जिल्ला कैलाली, मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्दसमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/19
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनीउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/12
नेपाल चिया बिकास निगम लिमिटेड बिर्तामोड, झापाका तत्कालीन सिनियर एकाउन्टेन्ट संजय बिलोटियासमेत ४ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
जिल्ला महोत्तरी, जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/09