जिल्ला रुपन्देही, कोटरीमाई गाउँपालिका वडा नं. १ मा सामाजिक परिचालक पदमा कार्यरत गौंस मोहम्मद तेली उपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०४।१४ गते।
------------------------------------------

जिल्ला रुपन्देही, कोटरीमाई गाउँपालिका वडा नं. १ मा सामाजिक परिचालक पदमा कार्यरत गौंस मोहम्मद तेलीको सर्टिफिकेट छानविन गरी पाउँ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला रुपन्देही, कोटहीमाई गाउँपालिकाको वडा नं. १ मा सामाजिक परिचालक पदमा कार्यरत गौंस मोहम्मद तेलीले उक्त पदको न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रको रुपमा माध्यामिक शिक्षा परिषद्‍, उत्तर प्रदेश, इलाहाबाद, भारतबाट हाईस्कुल उत्तीर्ण गरेको भनी शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेश गरी सामाजिक परिचालक पदमा राष्ट्रसेवक कर्मचारीको रुपमा करार नियुक्ति भै सरकारी लाभ तथा सुविधा लिएको पुष्टि भएको हुँदा निज गौंस मोहम्मद तेलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) वमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनीउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/12
नेपाल चिया बिकास निगम लिमिटेड बिर्तामोड, झापाका तत्कालीन सिनियर एकाउन्टेन्ट संजय बिलोटियासमेत ४ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
जिल्ला महोत्तरी, जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/09