वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

सव-डिभिजन वन कार्यालय, बन्दीपुर, सिरहाका कार्यालय प्रमुख (अधिकृत आठौ प्राविधिक) राम केवल राय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति:- मिति २०८३।०४।१८ गते।
------------------------------------------
जिल्ला सिरहा, सव-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौं) राम केवल राय यादवले उद्योगको लागि ल्याएको काठहरू सिलबन्दी अनुसार भए/नभएको रूजु गरी कागजात सहितको फाइल फिर्ता गर्ने क्रममा दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज कार्यालय प्रमुख राम केवल राय यादवलाई सेवाग्राहीबाट रू.१२,०००।– (बाह्र हजार रूपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा सव-डिभिजन वन कार्यालय, बन्दीपुर, सिरहाका कार्यालय प्रमुख (अधिकृत आठौ प्राविधिक) राम केवल रायले आफ्नो ओहोदा सम्बन्धी कामकाज गर्ने क्रममा काष्ठ उद्योगमा काठ लिई आएका ट्रकहरूको शिल खोलेको मुचुल्का गरिदिए बापत विभिन्न बहाना बनाई दु:ख हैरानी दिई बार्गेनिङ्ग गरी सेवाग्राहीसँग घुस/रिसवत बापत रकम रू.१२,०००।–(बाह्र हजार रूपैयाँ) माग गरी लिएको; निज प्रतिवादी राम केबल रायको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) बमोजिमको कसुर भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रू.१२,०००।-(बाह्र हजार रूपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
सुरेश न्यौपाने

 

संलग्न फाइलहरू

अनलाइन उजुरी