वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालय, कैलालीमा कार्यरत बालविकास शिक्षक नन्दा कुमारी शाही उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति:- मिति २०८३।०३।२६ गते।
------------------------------------------

श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालय, जानकी गाउँपालिका, वडा नम्बर-३, नयाँ लायकपुर, कैलालीमा कार्यरत बालविकास शिक्षक नन्दा कुमारी शाहीको शैक्षिक योग्यताका प्रमाणपत्रहरु नक्कली रहेको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालय, कैलालीमा कार्यरत बालविकास शिक्षक नन्दा कुमारी शाहीले मिति २०६६।०८।०३ मा सोही विद्यालयमा बालविकास शिक्षक पदमा नियुक्ति प्रयोजनको लागि माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट माध्यमिक तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी ओहदा, लाभ र सुविधा प्राप्त गरेकोले निज प्रतिवादीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
सुरेश न्यौपाने

संलग्न फाइलहरू

अनलाइन उजुरी