वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति:- मिति २०८३।०३।१८ गते।
------------------------------------------

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झाले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवा प्रवेश र बढुवासमेत लिएको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज मनोज कुमार झाले सन् १९९८ मा MAGADH UNIVERSITY, BODH GAYA बाट प्राप्त B.Sc.REG.NO.64/94, Roll No.SH ३६४३ को मार्क सिट, Emigration Certificate, Transfer Certificate, PROVISIONAL CERTIFICATE लगायतको झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रहरू पेस गरी बि.सं. २०६४ सालमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रमुख सहायक (सहायक केमिष्ट) पदमा शुरु नियुक्ति लिई सोही झुट्टा तथा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी सहायक प्रबन्धक (सातौं तह) पदमा समेत बढुवा नियुक्ति भई ओहोदा, लाभ र सुविधासमेत प्राप्त गरेको पुष्टि भएकोले निज मनोज कुमार झालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

संलग्न फाइलहरू

अनलाइन उजुरी