वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

बैदेशिक रोजगार बिभाग, ताहाचल, काठमाडौंका नायब सुब्बा हेम बहादुर मस्राङ्गी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति :- मिति २०८३।०१।२५ गते।
------------------------------------------

वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंका नायब सुब्बा हेम बहादुर मस्राङ्गीले सेवाग्राहीसँग वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निज नायब सुब्बा हेम बहादुर मस्राङ्गीलाई सेवाग्राहीसँग रू.१५,०००।– (पन्ध्र हजार रूपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा बैदेशिक रोजगार बिभाग, ताहाचल, काठमाडौंका नायब सुब्बा हेम बहादुर मस्राङ्गीले बैदेशिक रोजगार सम्बन्धी मुद्दा मिलापत्रका लागि अगाडि बढेको अवस्थामा बिभिन्न बहाना बनाई दु:ख हैरानी दिई उक्त मुद्दामा तारेखमा बस्न नपर्ने, मुद्दा नचल्ने निर्णय गराई मुद्दा मिलाई दिने लगायतको व्यवस्थापन र कारवाही टुंग्याउने विषयमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत रू.१५,०००।–(पन्ध्र हजार रूपैयाँ) माग गरी लिएको स्थापित भएकोले निज नायब सुब्बा हेम बहादुर मस्राङ्गीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रू.१५,०००।-(पन्ध्र हजार रूपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
सुरेश न्यौपाने

संलग्न फाइलहरू

अनलाइन उजुरी