वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जिल्ला रूकुम (पश्चिम), चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादीसमेत २ जना उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

· मुद्दा दायर
प्रेस विज्ञप्ति :- मिति २०८२।१२।०३ गते।
------------------------------------------
 
चौरजहारी नगरपालिका, रूकुम (पश्चिम) मा म मोहन शाह असिस्टेन्ट सब-इन्जियरको रिक्त पदमा विगत ८ वर्ष देखि करार सेवामा काम गर्दै आएकोमा यस नगरपालिकाका नगर प्रमुखले आर्थिक बर्ष २०८१।०८२ को लागि म्याद थप गर्दा मलाई एक लाख मागेको र उक्त रकम मैले निजको खातामा जम्मा गरेपछि मात्र मेरो म्याद थप भएको थियो। फेरि यस आर्थिक बर्ष २०८२।०८३ को करार नवीकरण गर्नका लागि एक लाख मागेको र मैले नगद यस पटक उपलब्ध गराउन नसकिने भनेपछि मेरो करार म्याद थप नगरी बर्खास्त गरियो, नगर प्रमुखको खातामा मैले जम्मा गरेको बैंक भौचर यसै निवेदनसाथ संलग्न राखी पेश गरेको छु, निजलाई आवश्यक कारवाही गरी पाउँ भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
प्रवक्ता
सुरेश न्यौपाने

संलग्न फाइलहरू

अनलाइन उजुरी