वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

प्रतिवादी सावन कुमार चौधरीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।

· पुनरावेदन
प्रेस विज्ञप्ति :- मिति २०८२।०५।१३ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जिल्ला धनुषा, शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी समेतका प्रतिवादीहरु उपर श्री रा.प्रा.वि.आधारभूत विद्यालय गोठकोयलपुर धनुषाको बाउन्ड्री वाल निर्माण कार्यको रकम भुक्तानी गर्ने क्रममा घुस/रिसवत माग गरी/गराई लिएको स्थापित भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.२,७५,०००।- कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिबाना सजाय हुन साथै सोही ऐनको दफा ९, दफा २२ समेतको सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८१।०८।२७ को फैसलाबाट सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८२।०५।१३ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।
 
 
सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

संलग्न फाइलहरू

अनलाइन उजुरी